‘प्रेमा’ नेपालीसँगै तमिल, तेलुगु र हिन्दी भाषामा प्रदर्शन हुने


प्रकाशित मिति : चैत्र १, २०७९ बुधबार

नेपाली चलचित्र ‘प्रेमा’लाई हिन्दी, तमिल र तेलुगु भाषामा समेत प्रदर्शन गरिने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक गोविन्दसिंह भण्डारीले नेपालीबाहेक अन्य भाषालाई ‘ओभर दी टप’ अर्थात् ओटिटीका माध्यमले दर्शकमा पु¥याइने जानकारी दिनुभयो ।

“मैले तेलुगु चलचित्रमा काम गरेको छु । त्यहाँका दर्शकलाई लक्षित गर्दै स्वराङ्कन गरिएको छ । यद्यपि नेपालमा भने नेपाली भाषामा मात्र प्रदर्शन हुनेछ”, निर्देशक भण्डारीले भन्नुभयो, “हामीले अन्य दर्शक थप्ने हो भने स्वराङ्कनको विकल्प नै छैन । यसले ओटिटीमा स्थान पाएमा अन्य चलचित्रलाई समेत सजिलो हुनेछ ।” उहाँले ‘रणवीर’ चलचित्रमार्फत निर्देशनमा सुरुआत गर्नुभएको थियो । पहलो चलचित्र द्वन्द्वप्रधान भए तापनि दोस्रो प्रेमकथामा आधारित छ ।

निर्देशक भण्डारीले भन्नुभयो, “दर्शकलाई फरक स्वाद दिउँ भनेर प्रेम कथानक विधा रोजेको हुँ । यसमा द्वन्द्व छ तर प्रेमको । यसपछि केही समय म यस्तो चलचित्र निर्देशन गर्दिनँ ।” गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘महापुरूष’मार्फत दर्शकमाझ स्थापित हुनुभएका अभिनेता अरुण क्षेत्रीले कथावस्तु सुन्दर रहेको बताउनुभयो । “ट्रेलरमा उस्तै देखिए तापनि मेरो चरित्र विल्कुलै फरक छ । आफूलाई भिन्न देखाउने कोसिस गरेको छु”, अभिनेता क्षेत्रीले भन्नुभयो, “दर्शकले गर्नुभएको विश्वास बढ्ने गरी काम गरेको छु ।”

चलचित्रकी अभिनेत्री सुवेक्षा खड्काले आफूले निर्वाह गर्न चाहेको भूमिका पाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो चरित्रसँग भावनात्मकरूपमा समेत जोडिएकी थिएँ । यसलाई जिवन्त बनाउन आफ्नोतर्फबाट सक्दो मेहनत गरेकी छु ।” आयोजित पत्रकार सम्मेलनमा एसडी योगीको स्वर, सविन एकतारेको शब्द र सुशान्त गौतमको सङ्गीत रहेको चलचित्रको नयाँ गीत ‘फूल यो चुँडेर’ सार्वजनिक गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्रिकोणात्मक सम्बन्धलाई चित्रण गरिएको चलचित्रलाई काठमाडौँ, धनगढी र कर्णालीमा छायाङ्कन गरिएको छ । यसमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियालगायतले अभिनय गर्नुभएको छ । चैत १७ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘प्रेमा’ लाई उपत्यकामा जिजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com