न्युयोर्कको मेयर कार्यालयबाट नेपालीसहित ५० भाषामा आप्रवासीहरुलाई श्रोत रोडम्याप


प्रकाशित मिति : फाल्गुन ९, २०७९ मंगलबार

न्युयोर्कको मेयर अफिस अफ इमिग्रेन्ट अफेयर्सका कमिश्नर म्यानुएल क्यास्ट्रोले नेपालीसहित ५० भाषाहरूमा नयाँ डिजाइन गरिएको आप्रवासी श्रोत रोडम्याप जारी गरेका छन् । रोडम्यापमा जुनसुकै अध्यागमन स्टाटस भएका सबै न्यूयोर्कवासीहरूका लागि सिटीका स्रोतहरूको सूची र सुरक्षित अधिकारहरू समावेश गरिएको छ।

२ पेजको उक्त श्रोतमा निशुल्क र सुरक्षित अध्यागमन वैधानिक सहायता, आईडीएनवाई कार्ड, निशुल्क अँग्रेजी भाषा कक्षा, स्वास्थ्य सुविधा, मानसिक स्वास्थ्य, आकस्मिकता, सार्वजनिक शिक्षा, सामान्य सिटी श्रोत र जानकारी, आप्रवासी मामिला हटलाइन लगायतका लागि सम्पर्क नम्बर, इमेल र वेवसाइटहरु उपलब्ध गराइएको छ ।

त्यस्तै अध्यागमन जालसाजीबाट बच्न, संघीय अध्यागमन अधिकारीहरु आएमा चाल्नुपर्ने कदम, श्रमिकको अधिकार, भेदभावको रिपोर्ट, घरेलु हिंशाविरुद्ध सुरक्षा, भाडामा बस्नेको अधिकार, बासको अधिकार र उपभोक्ता सुरक्षा लगायतका श्रोत पनि उपलब्ध गराइएको छ ।

नेपाली भाषामा रोडम्याप पढ्न यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हरेक भाषा समृद्ध संस्कृतिले भरिएको कमिश्नर क्यास्ट्रोको भनाई छ । न्यूयोर्क सिटी पाँच बरोमा बोलिने ४ सयभन्दा धेरै भाषा बिना अदभुत शहर नहुने उनले बताए । अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउने क्रममा न्युयोर्क सिटीले समुदायमा आफ्नै भाषामा सूचनाको पहुँच सुनिश्चित गरेर विविधतालाई मनाउने उनले बताए ।

buildings near body of water landscape photography

२१ फेब्रुअरी १९५२ मा बंगलादेशका विद्यार्थीहरूले आफ्नो मातृभाषामा बोल्ने, सिक्ने र शासन गर्ने अधिकारको लागि भाषा आन्दोलन सुरु गरेका थिए । त्यस बेला देखि अन्तर्राष्ट्रिय मातृभाषा दिवस भाषिक र सांस्कृतिक विविधता र बहुभाषिकता प्रवर्द्धन गर्न मनाइने राष्ट्रिय दिवस बन्यो ।

स्थानीय कानून ३० बाट संरक्षित अधिकार अनुशार हरेक न्युयोर्कवासीलाई न्युयोर्क शहरसँग उनीहरूको भाषामा बोल्ने र संलग्न हुने अधिकार छ ।
समुदायको स्वास्थ्य, सुरक्षा, रिकभरी र लचिलोपनका लागि भाषा पहुँच आवश्यक रहेको मेयर अफिस अफ इमिग्रेन्ट अफेयर्सको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com