एनआरएन क्षेत्रीय सम्मेलनको एकसाता नबित्दै खर्च विवरण सार्वजनिक, ९२ हजार डलर नाफा


प्रकाशित मिति : भाद्र १७, २०७३ शुक्रबार

कार्यक्रमको खर्च विवरण सार्वजनिक गर्न महिनौं लगाउने अमेरिकामा रहेका अधिकांश नेपाली संघसंस्थाहरुको परम्परा तोड्दै यसै साता अमेरिकाको न्युजर्सीमा सम्पन्न एनआरएनए क्षेत्रीय सम्मेलनको खर्च विवरण सार्वजनिक गरिएको छ । गत शनिवार र आइतवार न्युजर्सीमा सम्पन्न सम्मेलनको चार दिन नबित्दै सम्पूर्ण आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको हो ।

बिहिबार न्युयोर्कको ज्याक्सनहाइटमा रहेको हिमालयन याक रेष्टुरेण्टमा आयोजित पत्रकार भेटघाटमा सम्मेलनका संयोजक एवं एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका संयोजक सोनाम लामाले आम्दानी र खर्चको विवरण सार्वजनिक गर्दै भने – ‘हामीले पारदर्शी तरिकाले आम्दानी र खर्चको विवरण सार्वजनिक गरेका छौं । सम्मेलनका क्रममा भएका प्राविधिक त्रुटी हाम्रा लागि पनि सिक्दै जाने अवशर हुन् ।’

लामाले हस्ताक्षर गरेको वक्तब्य एनआरएन आईसीसीका प्रवक्ता रञ्जु वाग्लेले पढ्दै सम्मेलनका लागि कुल खर्च १ लाख ५१ हजार ४ सय ५२ डलर ६ सेन्ट खर्च भएको जानकारी दिइन् । सम्मेलनको कुल आम्दानी २ लाख ४३ हजार ७ सय ३० डलर ३० सेन्ट रहेकोमा सबै खर्च घटाउँदा ९२ हजार २ सय ७८ डलर २४ सेन्ट बचत भएको र सो रकम काठमाडौंमा एनआरएनएको भवन निर्माणका लागि पठाइने पत्रकार भेटघाटमा जानकारी दिइयो ।

आम्दानी तर्फ स्पोन्सरहरुका तर्फबाट २ लाख १२ हजार ५१ डलर र रजिस्ट्रेशनबाट ३१ हजार ६ सय ७९ डलर ३० सेन्ट गरी २ लाख ४३ हजार ७ सय ३० डलर ३० सेन्ट संकलन भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै खर्च तर्फ लन्च, डिनर, ब्रेकफास्टमा ७१ हजार ३ सय ४५ डलर ४ सेन्ट र होटेलरुमका लागि ६ हजार ६ सय ७५ डलर ८८ सेन्ट गरी ७८ हजार २० डलर ९२ सेन्ट खर्च गरिएको छ । त्यस्तै साउण्ड लाइट, प्रिजेन्टेशनमा १० हजार २ सय डलर, स्टेज डेकोरेशनमा ६ हजार ७ सय ५५ डलर, भिडियोग्राफी, प्रोजेक्टर, प्रिन्ट र डिजाइनमा ८ हजार ९ डलर, फोटोग्राफीमा ११ सय डलर गरी २६ हजार १ सय ४४ डलर खर्च गरिएको छ । नेपालबाट अतिथि ल्याउँदागरी लजिस्टिक, प्रिन्ट र सामानमा २१ ह्जार १ सय ४४ डलर ५० सेन्ट खर्च गरिएको छ । त्यस्तै स्थानीय यातायातमा ५ हजार ४ सय ९ डलर ९९ सेन्ट, कलाकारलाई पारिश्रमिकमा ५६ सय डलर, विविध खर्चमा २ हजार डलर, कार्यालय खर्चमा १९ सय ९३ डलर ९३ सेन्ट, पत्रकार भेटघाटमा १७ सय ४८ डलर १७ सेन्ट, खेलकुदमा १६ सय ६७ डलर ७४ सेन्ट, वेवसाइट अपडेटमा १५ सय डलर, प्रिन्ट खर्चमा १४ सय ७२ डलर १४ सेन्ट, विज्ञापनमा १२ सय ५० डलर, मास्टर अफ सेरेमोनीमा १२ सय ५० डलर, अतिथि सत्कारमा ७ सय डलर, स्वयम्सेवकका लागि ६ सय ४९ डलर ६६ सेन्ट, सोभिनियरमा ४ सय १२ डलर १ सेन्ट र सुरक्षामा ४ सय डलर गरी २६ हजार १ सय ४२ डलर ६४ सेन्ट खर्च गरिएको छ ।

आम्दानी र खर्चको अडिटमा आफूहरु लागेको तथा आम्दानी र खर्चको विवरण चुस्त दुरुस्त देखिएको सीपीए विराज रिजालले बताए । आईआरएसलाई आवश्यक पर्ने कागजातदेखि आम्दानी खर्चका विल भर्पाइहरु राखिएको जानकारी दिदै सीपीए रिजालले भने – ‘अमेरिकामा यस्ता इभेन्टहरु आयोजना गर्नेहरुले आम्दानी र खर्चका सन्दर्भमा यो सम्मेलनबाट सिक्नुपर्छ ।’

२ सय ५ जना सहभागीहरुले शुल्क तिरेरै कार्यक्रममा सहभागिता जनाएपनि ३२ जना संचारकर्मी र अन्य स्वयम्सेवक लगायत गरी ३ सय ७८ जना सम्मेलनमा सहभागी भएको पत्रकार भेटघाटमा जानकारी दिइयो । तर त्यो बाहेकका व्यक्तिले रजिस्ट्रेशन नै नगरी विना शुल्क कार्यक्रममा सहभागी भएका कारण कुल खर्चको ३० प्रतिशत भन्दा धेरै खर्च खानामा देखिएको आयोजकले जानकारी दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com