शाहरुख खान करिब चार वर्षपछि ठूलो पर्दामा फर्किएका छन् । उनको फिल्म पठान २५ जनवरीमा हलमा रिलिज हुँदैछ ।
यो चलचित्रको ‘बेशराम रंग’ गीत रिलिज भएसँगै विरोध सुरु भएको हो । धेरै हिन्दू संगठनले पनि फिल्मको रिलिजको विरोध गर्ने कुरा गरेका थिए ।
तर अब विश्व हिन्दू परिषदले फिल्म बहिष्कार नगर्ने बताएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार विश्व हिन्दू परिषदका प्रवक्ता श्रीराज नायरले भनेका छन्, ‘अहिलेसम्म विहिपले पठान फिल्मको विरोध गर्दैन। हाम्रो पहिलेको आपत्तिलाई ध्यानमा राख्दै, फिल्ममा गरिएका परिवर्तनहरू सही छन्। फिल्म हेरेपछि केही आपत्तिजनक देखिएमा फिल्मको विरोध गर्नेबारे पुनर्विचार गर्नेछौँ ।”
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
फिल्मको गीतमा दीपिका पादुकोणको पहिरनको रंगलाई लिएर विवाद सुरु भएको थियो । मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रा, बजरंग दल र विहिपले यसमा आपत्ति जनाएका थिए ।
त्यसपछि सेन्सर बोर्डले फिल्म परिवर्तन गर्न निर्देशन दिएको थियो, जसका आधारमा परिवर्तन गरिएको हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।