प्रधानमन्त्री र ओली बिच भेटवार्ता, मन्त्रिपरिषद विस्तार चाँडै गरिने


प्रकाशित मिति : माघ २, २०७९ सोमबार

k|wfgdGqL …k|r08Ú / g]skf -Pdfn]_ sf cWoIf cf]nLaLr e]6jftf{ sf7df8f}F, @ df3 M k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú / g]kfn sDo’lgi6 -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nLaLr ;f]daf/ afnsf]6df e]6aftf{ hf/L . tl:a/ M k|bLk/fh jGt÷/f;;

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।

वालकोटस्थित ओली निवासमा भएको भेटमा मन्त्रिपरिषद विस्तार, राष्ट्रपति तथा सभामुख लगायत राज्यका प्रमुख निकायका बाँडफाँडका बारेमा सल्लाह भएको बुझिएको छ ।

प्रधानमन्त्री निर्वाचित भएको एक महिना वितिसक्दा पनि मन्त्रिपरिषद विस्तार तथा अन्य निकायको बाँडफाँड अझै टुंगो लाग्न सकेको छैन । राप्रपालगायतलाई सरकारमा सहभागी गराउने भन्ने बिषयमा पनि छलफल भएको छ । दुवै नेता मन्त्रिपरिषदलाई चाँडै पुर्णता दिनेमा सहमत भएका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com