दुर्घटनामा परेको जहाज तीन टुक्रा : हालसम्म कोही जीवित भेटिएनन्
प्रकाशित मिति : माघ १, २०७९ आईतबार
kf]v/f, ! df3M ljdfgdf nfu]sf] cfuf] lgefpg] k|of; kf]v/fl:yt ;]tL gbLsf] vf]Frdf b’3{6gf ePsf] otL Po/nfOG;sf] ljdfgdf nfu]sf] cfuf] lgefpg] k|of; ub}{ ;’/IffsdL{ . tl:a/M hd’gfjiff{ zdf{÷/f;;
कास्कीको पोखरामा दुर्घटनमा परेको यती एयरलाइन्सको जहाज तीन टुक्रा भएको पाइएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार घटनास्थलमा जहाज तीन टुक्रामा परिणत भएको देखिएको छ । उनका अनुसार अहिलेसम्म घटनास्थलबाट कसैको पनि जीवित उद्धार गरिएको छैन ।

दुर्घटनमा परेको जहाजमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए। पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको जहाजमा ठूलो आगो लागेको छ। पोखरा महानगरपालिकाको वडा नम्बर ७ र १५ को बीचमा रहेको खोँचमा जहाज दुर्घटनामा परेको हो ।






