पोखरा विमान दुर्घटना अपडेट : ३० जनाको शव निकालियो
प्रकाशित मिति : १ माघ २०७९, आइतबार
तस्बिर: प्रकाश माथेमा/एएफपी
आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ।
अहिले शव संकलनको काम भइरहेको छ। जहाजमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए। पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको जहाजमा ठूलो आगो लागेको छ। पोखरा महानगरपालिकाको वडा नम्बर ७ र १५ को बीचमा रहेको खोँचमा जहाज दुर्घटनामा परेको हो ।





