लुम्बिनीमा मुख्यमन्त्री लिला गिरीको आज शपथ ग्रहण


प्रकाशित मिति : पुस २७, २०७९ बुधबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे उहाँलाई शपथ ग्रहण गराउनुहुनेछ ।

आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठनको पनि तयारी गरिएको छ । एमाले र माओवादी केन्द्रबाट एक/एक मन्त्री बनाउने तयारी रहेको माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले बताउनुभयो ।

“आज तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरिएको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि छलफल भइरहेको छ ।” बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

अहिले लुम्बिनी प्रदेशमा १३ मन्त्रालय छन् । यसलाई घटाउने गरी छलफल भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com