प्रधानमन्त्रीसँग बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री जमकट्टेलको भेट


प्रकाशित मिति : पुस २७, २०७९ बुधबार

k|wfgdGqL …k|r08ږd’VodGqL hd/s§]n–e]3f6 sf7df8f}F, @* k’; M k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú;Fu laxLaf/ afudtL k|b]zsf d’VodGqL ;flns/fd hd/s§]nn] e]63f6 ug{‘x’Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्रीमा नियुक्त हुनुभएकामा जमकट्टेललाई बधाई तथा शुभकामना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नवनियुक्त मुख्यमन्त्री जमकट्टेल नेकपा (माओवादी केन्द्र)का नेता हुनुहुन्छ । नेकपा (एमाले)लगायत सत्ता साझेदार दलको सहयोगमा उहाँ सोमबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com