राहदानी विभागले भन्यो- अब पासपोर्ट लिन आउनू


प्रकाशित मिति : पुस २४, २०७९ आईतबार

राहदानी विभागले सर्भरमा आएको समस्या समाधान भएकाले पासपोर्ट वितरणको सेवा सुचारू भएको जनाएको छ।

आइतबार विज्ञप्ति जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट लिन आउन सकिने बताएकी छन्।

पुस १७ गतेदेखि विभागको सर्भरमा समस्या आएको भन्दै पासपोर्ट वितरण रोकिएको थियो। सर्भरमा देखिएको समस्या समाधानका लागि सफ्टवेयर बनाउने अन्तर्राष्ट्रिय कम्पनीबाट समेत प्राविधिक नेपाल आएका थिए ।
यता,विभागले प्रधानमनन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई अझै चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन विभागले आवश्यक प्रक्रिया अघि बढाउने पनि स्पष्ट पारेको छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारकार सचिव तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिँदै एक महिना भित्र सेवाग्राहीले लाइनमा बस्नु पर्ने र झन्झट व्यहोर्नु पर्ने समस्या सधैंका लागि अन्त्य गर्ने निर्देशन दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com