ऐन कार्यान्वयन नहुँदा सहकारी क्षेत्रमा समस्या भएको सरोकारवाला निकायको भनाई


प्रकाशित मिति : पुस २३, २०७९ शनिबार

ऐन बनेको पाँच वर्ष पूरा हुँदा पनि त्यहाँ गरिएका सबै व्यवस्था कार्यान्वयन नभएकाले सहकारी क्षेत्रमा समस्या आएको सरोकारवाला निकायले बताएका छन् ।

सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौँले शुक्रबारदेखि बुटवलमा आयोजना गरेको ‘सुशासनको प्रवद्र्धनमा सहकारी संस्थाको सञ्चालन र व्यवस्थापन’ विषयक दुईदिने कार्यशाला गोष्ठी समापन समारोहका सहभागीले कानुन बनाउने तर कार्यान्वयन नगर्दा सहकारी क्षेत्रमा समस्या आएको बताए । समितिका अध्यक्ष काशिराज दाहालले सहकारी ऐनका कार्यान्वयन नभएका दफाको कार्यान्वयन गर्न पटकपटक विभाग र मन्त्रालयमा प्रतिवेदन बुझाइएको जानकारी दिनुभयो । समितिले सहकारी क्षेत्रलाई नियमन गर्ने स्वतन्त्र निकाय स्थापना गर्नुपर्नेमा जोड दिँदै आएको उहाँको भनाइ छ ।

सहकारी ऐनमा भएका कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधीकरण, प्रवद्र्धन कोष, रु ५० करोडभन्दा बढी कारोबार गर्ने सहकारीको नियमन नेपाल राष्ट्र बैङ्कबाट हुनेलगायत व्यवस्था अझै कार्यान्वयन नभएकाले मुख्यगरी ठूला सहरमा खुलेका सहकारीमा समस्या देखिएको छ । “कानुनको कार्यान्वयका लागि अनुरोध गर्दैआएका छौँ”, उहाँले भन्नुभयो । समस्या समाधानका लागि समितिले सहकारीलाई समस्याग्रस्त हुन नदिन जागरण, सरकार र सहकारीबीच सेतु एवं समस्याग्रस्त भएपछि व्यवस्थापनको काम गरेको अध्यक्ष दाहालले बताउनुभयो ।

समितिका सदस्य केशवराज आचार्यले सहकारीको अवस्था अस्थिपञ्जरको जस्तो भएकाले व्यवस्थापनमा समय लागे पनि बचतकर्ताको बचत फिर्ता गरेर छोड्ने प्रतिबद्धता जनाउनुभयो । समितिका अर्का सदस्य ललिता महर्जनले यो कार्यक्रमपछि सहभागी स्थानीय तहले सहकारीलाई कानुनअनुसार सञ्चालन गरे समस्याग्रस्त नहुने विश्वास व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनप्रतिनिधिका तर्फबाट सहभागी प्रतिनिधि अर्घाखाँचीको शितगङ्गा नगरपालिकाका उपप्रमुख गीता भाटले स्थानीय सरकारले सहकारीसँग मिलेर उत्पादनका काममा लगानी बढाएको जानकारी गराउनुभयो । यसका लागि नगरपालिकाले सहकारीलाई रु एक करोड २५ लाख चालु आर्थिक वर्षमा अनुदान दिएको उहाँले सुनाउनुभयो ।

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका तर्फबाट सहभागी प्रतिनिधि पाल्पाको तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले सहकारी क्षेत्रका समस्या समाधानका लागि स्थानीय सरकारबाटै प्रक्रिया थालनी गरिने बताउनुभयो । कार्यक्रमको शुक्रबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका नवलपरासी सुस्ता पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँचीका ३४ स्थानीय तहको सहभागिता रहेको समितिका सदस्य सचिव केशवप्रसाद पौडेलले बताउनुभयो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र सहकारी शाखा हेर्ने प्रमुख एवं कर्मचारीको सहभागिता रहेको छ । आजसम्म सञ्चालन भएको कार्यक्रममा सहकारी सुशासनमा सहयोग गर्ने आठ कार्यपत्र प्रस्तुतिसहित त्यसमाथि छलफल भएको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com