उपप्रधानमन्त्री श्रेष्ठ र नेपालका लागि अमेरिकाका राजदूत थम्पसनबीच भेटवार्ता


प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार

sf7df8f}F, @@ k’; M ef}lts k”jf{wf/ tyf ofofot dGqfnodf laxLaf/ pk– k|wfg tyf ef}ltsdGqL gf/fo0fsfhL >]i7;Fu g]kfnsf nflu cd]l/sf /fhb”t l8g yD;g lzi6rf/ e]6 ug{‘x’Fb} . tl:a/ M rG›snf If]qL÷/f;;

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले भेटवार्ता गरेका छन् ।

शुक्रबार भएको भेटमा राजदूत थम्पसनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका छन् । साथै भेटमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको छ ।

राजदूत थम्पसन तीन महिना पहिले मात्रै काठमाडौँस्थित दूतावासमा जिम्मेवारी सम्हाल्न आउनुभएको थियो । एक साताअघि राजदूत थम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com