हिमाली गाउँ पाँचपोखरीको आठवटै वडामा बर्थिङ सेन्टर


प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार

भौगोलिक हिसाबले निकै कठिन रहेको हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना भएका छन् । आठ वटा वडा रहेका पालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको हो ।

घरमै सुत्केरी हुने अवस्था अन्त्य गर्ने लक्ष्यका साथ पालिकाले गर्भवती तथा सुत्केरीका लागि विभिन्न सुविधा व्यवस्था गरेको गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिनुभयो । गर्भवतीका लागि पालिकाभित्र निःशुुल्क एम्बुलेन्स सेवाका लागि दुई वटा एम्बुलेन्स छन् । काठमाडौँ वा अन्यत्र लाग्नुपरेमा एकतर्फी भाडा नलाग्ने र अन्य एम्बुलेन्स गाडीमा गएमा रु पाँच हजार पालिकाले दिने स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले बताउनुभयो ।

हिमाली क्षेत्रमा पर्ने यस पालिकामा अझै कठिन अवस्थामा राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत धेरैको हेलिकप्टरमार्फत उपचारका लागि पठाइने गरेको गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो । गाउँपालिकाको आठ वटै वडामा बर्थिङ सेन्टर स्थापना भएको उल्लेख गर्दै यो सिन्धुपाल्चोक जिल्लाको अन्य कुनै पनि पालिकामा नरहेको उहाँले बताउनुभयो ।

सुत्केरीका लागि पालिकाको बर्थिङ सेन्टरमा सुत्केरी गराउँदा पालिकाको तर्फबाट थप एक हजार पाँच सय रकम दिने गरेको लामाले जानकारी दिनुभयो । साथै गर्भवतीसँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत सुत्केरीलाई घरमै गएर रु एक हजार बराबरको पोषणयुक्त खानेकुरा पालिकाले दिने लामाले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वर्षामा सडक यातायातमा समस्या रहेकाले हरेक वडामा बर्थिङ सेन्टर तथा पालिकामा रहेका दुई सुविधा सम्पन्न अस्पतालबाट सेवा प्रदान गर्ने गरेको उहाँको भनाइ छ । गाउँमै बर्थिङ सेन्टर भएपछि सुत्केरी गराउन अन्यत्र जान नपरेकोमा स्थानीय शोभा भट्टराईले खुसी व्यक्त गर्नुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com