अमेरिकामा नेपाल आदिवासी चलचित्र महोत्सव हुने


प्रकाशित मिति : श्रावण ५, २०७४ बिहीबार

–दिवस कोयू

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले आगामीे अगस्त २५ देखि २७ सम्म अमेरिकाको न्यूर्योकमा ‘नेपाल आदिवासी चलचित्र महोत्सव न्यूर्योक २०१७’ अयोजना गर्ने भएको छ । आदिवासी जनजातिका भेषभूषा, मातृभाषा, कला संस्कृति र पहिचान भएका चलचित्रहरू महोत्सवमा समावेश गरिनेछ ।

आदिवासी चलचित्रहरूको पहुँच र विस्तारलाई प्रमुख लक्ष्य बनाउँदै तीन दिनसम्म महोत्सव सञ्चालन गर्न लागिएको हो । महोत्सवले आदिवासी तथा सिमान्तकृत जनजातिका कला, भाषा र संस्कृतिको संरक्षण र प्रवद्र्धन कार्यमा टेवा पुर्याउने लक्ष्य लिइएको छ । महोत्सवमा समावेश गरिने चलचित्र पछिल्लो ५ वर्षको अवधिमा बनेको हुनुपर्नेछ । प्रत्येक जातिको आधिकारिक संस्थाबाट सिफारिस भई आएका ५ वटा चलचित्रलाई महोत्सवका लागि छनोट गरिनेछ ।

जसमध्येबाट पनि प्रत्येक जातिका उत्कृष्ट दुई वटा चलचित्रलाई मात्रै महोत्सवमा समावेश गराइने आयोजकले जनाएको छ । नौ वटा विधामा नगद पुरस्कार प्रदान गरिने महोत्सवका लागि हालसम्म ३५ वटा चलचित्रहरू दर्ता भइसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘मूलधारका भनिने चलचित्रहरूको जगजगी चलिरहेको बेला आदिवासीका कथा समावेश भएका चलचित्र निर्माण गर्दै आदिवासीका नयाँ पुस्तालाई समेत शिक्षित गर्दै लानुपर्ने आजको आवश्यकता हो,’ महोत्सवका संयोजक मणि वाङदेल भने ‘आदिवासीका पहिचान, मैलिकता र संस्कृतिलाई संरक्षण गर्दै आदिवासी अधिकार प्राप्तिको संघर्षलाई अगाडि बढाउने अभिप्रायले महोत्सव आयोजना गर्न लागिएको हो ।’

संयुक्त राष्ट्र संघका प्रतिनिधिसमेत सहभागी हुने आदिवासी चलचित्र महोत्सवलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने वाङदेलले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com