कठ्याङ्ग्रिँदो चिसोका कारण महोत्तरीका १० पालिकाका विद्यालयमा पठनपाठन बन्द


प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार

पन्ध्र वटा पालिका रहेको महोत्तरी जिल्लाको १० वटा पालिकाका विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।

विगत दुई दिनदेखि अचानक जिल्लामा शीतवर्षा हुन थालेपछि जिल्लाको १० वटा पालिकाले आफ्ना क्षेत्रभित्र रहेका सबै सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरेको शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका प्रमुख भरतबाबु सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकासहित मनरासिस्वा नगरपालिका, औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, लोहारपट्टी नगरपालिका, बलवा नगरपालिका, भङ्गहा नगरपालिका, सम्सी गाउँपालिका, सोनमा गाउँपालिका र पिपरा गाउँपालिकाले आफ्ना सबै सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् ।

अविरलरूपमा बहिरहेको चिसो स्याँठ र तप तप गर्दै चारैतिर शीतवर्षा भइरहेका कारण असहनीय जाडो भएपछि दशवटै पालिकाले आउँदो एक साताका लागि सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । साथै केही पालिकाले मौसममा सुधार नआएमा पुनः बिदा थप गर्नेसमेत जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मौसममा अचानक आएको परिवर्तनपछि जिल्लाका १५ पालिकामध्ये १० पालिकाले बालबालिकाको जीउ, ज्यान तथा स्वास्थ्यलाई मध्यनजर गर्दै आजैदेखि लागु हुने गरी सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरेका छन् भने अन्य पालिकाले पनि आ आफ्ना नगरभित्रका विद्यालयहरु बन्द गर्ने तयारी गरिरहेको बुझिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका प्रमुख सुवेदीका अनुसार महोत्तरी जिल्लाको १५ वटा पालिकामा जम्मा तीन सय २३ वटा सामुदायिक विद्यालय छन् भने अहिले अचानक जिल्लामा सुरु भएको शीतलहरका कारण करिब दुई सय विद्यालयमा अचानक पठनपाठन बन्द गरिएको हो ।

उहाँले जिल्लाका विद्यालयले वर्षे तथा बाँकी रहेको बिदाबाट कट्टा हुने गरी विद्यालयमा अध्ययनरत बालबालिकालाई हुनसक्ने क्षति तथा दैवी प्रकोपलाई मध्यनजर गर्दै तत्काललाई विद्यालय बन्द गरेको जानकारी दिनुभयो । जिल्लाको पाँच वटा पालिकाका विद्यालयमा अझै पनि नियमित पठन पाठन जारी रहेको उहाँले बताउनुभयो ।

कठ्याङ्ग्रिँदो जाडोमा दलित र विपन्न बस्तीमा नेपाली सेना

महोत्तरीमा अचानक जाडो बढेपछि नेपाली सेनाले सदरमुकाम जलेश्वर नगरपालिका–६ स्थित मुसहर र बिन बस्तीमा नेपाली सेनाले सहयोग गरेको छ ।

जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले सो बस्तीका एक सय ७५ घरधुरी लाभान्वित हुने गरी ३० स्थानमा एक हजार दुई सय किलोग्राम दाउरा बालेर न्यानो बाँड्ने काम गरेको प्रमुख सेनानी उत्तम कटवालले बताउनुभयो ।

त्यस्तै नेपाली सेनाको टोलीले ती बस्तीका चार सय व्यक्तिलाई कठ्याङ्ग्रिँदो जाडो भइरहेको बेला तातोपानी र चिया पिलाएर बस्तीका व्यक्तिलाई न्यानो पार्ने काम गरेको छ । नेपाली सेनाले कठ्याङ्ग्रिँदै गरेको बस्तीमा न्यानो बाँडेपछि ती बस्तीका बासिन्दा खुसी भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com