विदेशबाट फर्किएर तनहुँका किसान पशुपालनतर्फ आकर्षित


प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार

Jofj;flos Afªu’/kfng tgx’F, !% k’;M DofUb] ufFpkflnsf–$ l;:g]/L lgjf;L adaxfb’/ yfkfn] Jofj;flos ?kdf kfNg’ePsf] aªu’/ . sl/a ? !) nfv nufgL u/L Joj;fo yfNg’ePsf s[ifs yfkfsf] kmfd{df xfn ## j6f aªu’/ /x]sf 5g . tl:a/M ;fg]axfb’/ g]kfnL÷/f;;

मनग्य आम्दानी हुन थालेपछि तनहुँका किसान पशुपालनतर्फ आकर्षित हुन थालेका छन् । विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै बसेर काम गर्दा विदेशकै जति नै आम्दानी हुने भएपछि पशुपालनतर्फ आकर्षित भएका हुन् ।

सोह्रवर्ष वैदेशिक रोजगारीमा रहनुभएका म्याग्दे गाउँपालिका–४ सिस्नेरी निवासी बमबहादुर थापाले स्वदेश फर्किएर बङ्गुरपालन गरिरहनुभएको छ । कुवेत छँदा आम्दानीको स्रोत राम्रै रहेपनि नेपालमै गएर केही गर्ने सोच राखेर थापा बङ्गुरपालनमा लाग्नुभएको हो ।

विदेशमा राम्रो कमाइ हुँदाहुँदै पनि नेपालमा आएर परिवारसँगै केही गरौँ भन्ने भावनासहित थापाल लाङघाली कृषि फार्म दर्तागरी बङ्गुरपालनलाई अगाडि बढाउनुभएको छ । थापाले आफ्नै जग्गामा रु १५ लाखको लगानीमा बङ्गुरपालन व्यवसाय सुरु गर्नुभएको हो । उहाँ भन्नुहुन्छ, “कति अर्काको देशमा श्रम बेच्ने, घरपरिवारसँग टाढिएर बस्ने बाध्यतालाई बिट मार्दै दश रोपनी जग्गामा बङ्गुरफार्म सञ्चालन गरेको हूँ ।”

डेढ वर्षअगाडि स्थापित फार्ममा अहिले ३३ वटा बङ्गुर छन् । बङ्गुरको स्याहारसुसारमा परिवार नै तल्लिन रहेको थापा बताउनुहुन्छ । “विदेशमा बगाउने पसिना स्वदेशमै बगाउन आत्मनिर्भर बन्न सकिन्छ, त्यसमाथि परिवारसँगै बसेर व्यवसाय गर्न पाउँदा सन्तुष्ट छु,” उहाँले भन्नुभयो । तर बङ्गुर बिक्रीका लागि बजारको समस्या रहेको थापाको गुनासो छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“आफ्नो मासु बेच्ने पसल नहुँदा बङ्गुरले मूल्य पाउन सकिरहेको छैन, यसतर्फ सम्बन्धित निकायसँग अनुरोध गरेको छु,” थापाले भन्नुभयो । बङ्गुर उत्पादनका लागि कुनै समस्या नभएपछि बजार नहुँदा किसानलाई मार परेको उहाँको भनाइ छ ।

“व्यवसायमा लाखौँ लगानी भएको छ, तर बजार अभाव छ, बङ्गुर कहाँ बेच्ने भन्ने समस्या बढ्दै गइरहेको छ,” उहाँले भन्नुभयो, “बङ्गुर बिक्रीका लागि बिचौलिया लगाउनुपर्ने बाध्यता छ ।” बङ्गुरको पाठापाठी बिक्री गर्ने गरेता पनि अन्य स्थानबाट आयात हुने पाठापाठीसँग प्रतिस्पर्धा गर्न गाह्रो परिरहेको उहाँको भनाइ छ । विगतमा प्रति पाठापाठी रु सात हजार पाँच सयमा बिक्री गर्ने गरे पनि अहिले रु छ हजारमा बेच्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहन्छ । “तीव्र प्रतिस्पर्धा हुने, दानापानीको मूल्य बढ्ने तर बङ्गुरको मूल्य घटाएर बेच्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो, “गाउँपालिकाले बजारको खोजी गरिदिए सहज हुन्थ्यो ।”

म्याग्दे गाउँपालिका–६ का अमृत थापा र गुरुप्रसाद पौडेलले रु ६ करोड लगानी गरेर पोल्टी फार्म सञ्चालनमा ल्याउनुभएको छ । जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउने उद्देश्यसहित सञ्चालित पोल्टी फार्ममा हालसम्म रु छ करोड लगानी भएको छ । पोल्टी फार्ममा हाल १९ हजार लेयर्स कुखुरा रहेका छन् । फार्मबाट दैनिक १५ हजार गोटा अण्डा उत्पादन हुँदै आएको छ । फार्मका सञ्चालक थापाका अनुसार त्यहाँ नौ जनाको परिवारले रोजगारी पाएका छन् ।

व्यवसाय सञ्चालनका क्रममा मासिक रु ३५ लाख खर्च हुँदै आएको छ । १९ हजार कुखुरालाई दैनिक रु एक लाख २० हजार दानामा खर्च हुँदै आएको छ । उक्त पोल्टी फार्म ५३ रोपनी जग्गामा फैलिएको छ । बाटो राम्रो नहुँदा ढुवानी खर्च महँगो पर्ने गरेको थापाको भनाइ छ । जिल्लामै दाना उद्योग नहुँदा बाहिर जिल्लाबाट दाना ल्याउनुपर्ने बाध्यता रहेको छ । “चितवन र पोखराबाट कुखुराका लागि दाना ल्याउनुपर्छ, फार्मसम्म ल्याउनका लागि ट्याक्टरको प्रयोग गर्नुपर्छ । त्यसले गर्दा पनि खर्च बढ्छ,” उहाँले भन्नुभयो ।

स्थानीय बजारले अण्डाको उत्पादन धान्न नसक्ने भएपछि यहाँ उत्पादित अण्डा छिमेकी जिल्लामा पनि निर्यात हुँदै आएको छ । त्यसका अतिरिक्त चितवन, पोखरा, काठमाडौँसम्म अण्डा निर्यात हुने गरेको सञ्चालक थापाले बताउनुभयो । अण्डा बिक्रीका लागि बजारको समस्या नरहेको उहाँ बताउनुहुन्छ । लामो समयदेखि लेयर्स कुखुरा उत्पादनमा लागेको हुँदा अब चल्ला उत्पादन, अण्डा उत्पादनमा सबै ज्ञान प्राप्त भइसकेको उहाँको भनाइ छ । “लामो समयदेखि यही व्यवसायमा संलग्न भएकाले कुनै पनि रोग लागेमा त्यसको पहिचान र समाधान आफैले गर्न सक्ने भएको छु” उहाँले भन्नुभयो ।

चल्ला हुर्काउन अत्यन्त जोखिम रहेकाले निश्चित तापक्रम दिनुपर्ने हुँदा आफै यसका लागि खट्ने गरेको उहाँले बताउनुभयो । फार्ममा भएको कूल कुखुरामध्ये ८० प्रतिशतले अण्डा दिने गरेको छ । दिनमा १५ हजार अण्डा उत्पादन हुने हुँदा अण्डा खरिदका लागि आफै व्यवसायी फार्मसम्म आउने गरेको उहाँले बताउनुभयो । “अण्डा बिक्रीका लागि अन्यत्र भौतारिनुपर्दैन, व्यवसाय गरेपछि आम्दानी त हुन्छ नै त्यो भन्दा बढी स्वदेशमै बसेर व्यवसाय गर्दा आत्मसन्तुष्टि मिलेको छ,” उहाँले भन्नुभयो ।
म्याग्दे गाउँपालिका–४ का समीक्षा श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । बैंकबाट ऋण काढेर भैँसीपालन सुरु गर्नुभएका श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि स्वदेशमै सन्तुष्ट रहेको बताउनुभयो । असिम भैँसीफार्मका सञ्चालक श्रेष्ठले मासिक रु ५० हजार बचत गर्दै आउनुभएको छ । श्रेष्ठले आठ रोपनी जग्गा भाडामा लिएर भैँसी पालिरहनुभएको छ । प्रति भैँसी रु दुई लाख ५० हजारका दरले छ वटा भैँसी खरिद गरेर व्यवसाय सुरु गर्नुभएका उहाँले भन्नुभयो,“विदेशमा गएर श्रम गर्नुभन्दा घरपरिवारका साथ व्यवसाय सुरु गर्दा आनन्द आएको छ ।”

आखिर जहाँ गएपनि श्रम गर्नुपर्ने भन्दै श्रेष्ठले देशमै केही गरौँ भन्ने मनसायबाट पशुपालनतर्फ लागेको बताउनुभयो । “स्वदेशमा बसेर के गर्ने भन्ने सोचिरहेको थिएँ, पशुपालनमा राम्रो सम्भावना छ भन्ने सबैको सल्लाहपछि भैँसीपालनलाई अगाडि बढाएको छु,” श्रेष्ठले भन्नुभयो । उहाँको फार्ममा अहिले १३ वटा भैँसी छन् ।
भैँसीका लागि आवश्यक घाँसका लागि श्रेष्ठले जग्गा भाडामा लिनुभएको छ । उहाँका अनुसार हालसम्म करिब रु ३० लाख लगानी भएको छ । भैँसीफार्मबाट दैनिक ४० लिटर दूध उत्पादन हुने गरेको छ । दूध बिक्रीका लागि बजारको समस्या नरहेको श्रेष्ठ बताउँनुहुन्छ ।

“दूधले राम्रो बजार पाइरहेको छ, बजार पाइएन भनेर कहिल्यै चिन्तित हुनपरेको छैन,” श्रेष्ठ भन्नुहुन्छ, “स्थानीय थर्पु बजार तथा आसपासमा दूध बिक्री भइरहेको छ ।” बजार सानो भए पनि दूध बिक्रीका लागि समस्या नहुँदा खुसी लागेको उहाँले बताउनुभयो । मासिक रु ५० हजार बचतले घरपरिवार राम्रोसँग चलेको श्रेष्ठ बताउनुहुन्छ । “सबै खर्च कटाएर मासिक रु ५० हजार कमाउँछु, यति रकमले घरखर्च चलाउन सहयोग पुगेको छ,” उहाँले भन्नुभयो, “व्यवसायलाई विस्तार गर्ने सोच बनाएको छु ।”

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले युवा विदेश नगइ स्वदेशमै व्यवसाय गर्दा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउनुभयो । “युवा उत्पादनमा जोडिनुपर्छ, व्यवसाय प्रबद्र्धनका लागि पालिका सहयोग गर्न तयार छ,” उहाँले भन्नुभयो । (((

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com