पाँच वर्ष बित्दा पनि देवी विकको हत्यारा पत्ता लागेन, परिवार पुगे गाउँपालिका


प्रकाशित मिति : पुस १८, २०७९ सोमबार

जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेकी ३७ वर्षीया देवी विकको हत्यारा पत्ता लगाउन माग गर्दै परिवारले स्थानीय सरकारलाई गुहारेका छन् । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित माईती पुगेर २०७४ साउन ४ गते घर फर्कनेक्रममा बाटैमा बिभत्स हत्या गरिएको अवस्थामा भेटिएकी देवीको हत्यारा पत्ता लगाएर कानुनी कारबाहीका लागि परिवारले स्थानीय सरकार समक्ष गुहार मागेका हुन् ।

सोमबार जन्तेढुंगा गाउँपालिकाकी अध्यक्ष अरुणादेबी राई र उपाध्यक्ष खेमबहादुर खड्कालाई ज्ञापन–पत्र बुझाउँदै ससुरा पृथीमान बिक, श्रीमान मानबहादुर बिक, छोरा योगेश विक र छोरी सुजता विकले चाँडोभन्दा चाँडो देवीको हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेका छन् । प्रहरीको अनुसन्धानबाट हालसम्म दोषी पत्ता नलागेकाले स्थानीय सरकारलाई गुहार्नु परेको श्रीमान पृथीमानले बताएका छन् ।

माईतीबाट घर फर्कनेक्रममा सम्पर्कविहिन बनेकी देबी दोश्रो दिन २०७४ साउन ५ गते जन्तेढुंगा गाउँपालिका–३ काहुलेको छिमावास्थित नेप्टे जंगलमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । उनको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको, टाउकोबाट रगग बगिरहेको अवस्थामा भेटिएकाले घट्नालाई शंकास्पद मानिएको हो । तर, प्रहरीले हालसम्म ‘घट्नामा कसको संलग्नता थियो, घट्नाको कारण के थियो’ भन्ने प्रश्नको जवाफ अझै बाहिर ल्याउन नसकेपछि पिडित परिवार गाउँपालिका पुगेका हुन् ।

२०७३ माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ र २०७४ जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको हत्यारा समेत हालसम्म गुमनाम छ । छ महिनाको अवधिमा भएका तीन महिलाको विभत्स र पासविक हत्याको घट्ना प्रकृति पनि उस्तै–उस्तै देखिन्छ । तर, तीन जना महिला हत्यामा संलग्न दोषीको विषयमा प्रहरीले हालसम्म मेसो पत्ता लगाउन सकेको छैन । जघन्य घट्नामा संलग्न अपराधीको पहिचान नहुँदा पिडित परिवार त्रसित छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com