प्रहरीले उजुरी नलिएको गुनासो आएपछि गृहमन्त्री रविलाई सिके राउतको फोन


प्रकाशित मिति : पुस १६, २०७९ शनिबार

सप्तरीमा प्रहरीले उजुरी नलिएको भन्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले गृहमन्त्री रवि लामिछानेलाई फोन गरी जानकारी गराएका छन्। राउतले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूले पाएको गुनासोबारे गृहमन्त्री लामिछानेलाई जानकारी गराएको बताएका हुन्।
राउतले आफ्नो क्षेत्रका गुनासोको सम्बोधन गर्न कार्यालयमा गुनासो पेटिका राखेका छन्। त्यसको सम्बोधन गर्नेक्रममा उनले सप्तरीमा महिला हिंसा र यातनाको दर बढ्दो देखिएको बताएका हुन्। ‘हिजो आफ्नो क्षेत्रका गुनासो सुन्ने क्रममा सप्तरीमा महिला हिंसा र यातनाको दर बढ्दो, र पीडित महिला (कपाल खौरिदिएको पिडित महिला समेत) प्रहरीकहाँ हिम्मत गरेर जाँदा पनि प्रहरीले उजुरी लिन नमानेको विषय उठेकोले गृहमन्त्रीज्यूलाई सो बारेमा फोनमा अवगत गराएको छु,’ उनले भनेका छन्।

यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी अभिनारायण काफ्लेले भने यसको अनुसन्धान भइरहेको बताए। केही दिन अघिको घटना भएको बताउँदै दुई पक्षबीच छलफल भएको पनि जानकारी दिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com