गाँउमै भैँसीपालनबाट मनग्य आम्दानी


प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार

Jofj;flos e}F;Lkfng l;Gw’kfNrf]s, !% k’;M d]nDrL–!! sf hLjg rfln;]n] la;d’/] kmfd{df kfNf]sf e}F;L . pxfFn] !) j6f e}F;Laf6 b}lgs *) ln6/ b”w laqmL ub}{ cfpg’ePsf] 5 . tl:a/ Mb]j/fh ;’j]bL÷/f;;

मेलम्ची नगरपालिका–११ का जीवन चालिसे दैनिक ८० लिटर दूध बिक्री गरी आम्दानी गरिरहनुभएको छ । उहाँ यस पेसाबाट आफू सन्तुष्ट रहेको बताउनुहुन्छ । उहाँका बिसमुरे फार्ममा १० भैँसी छन् । परिवारको साथले भैँसी पाल्न सहज रहेको उहाँ बताउनुहुन्छ । आफ्ना उमेरका अधिकांश विदेश गएका तर चालिसे अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै गाउँमा भैँसीपालनमा गर्दा राम्रो आम्दानी हुने बताउनुहुन्छ ।

नगरपालिकाले बीमा लगायतमा सहयोग गरे पनि अझै किसानलाई सहयोग गर्नुपर्ने उहाँको माग छ । घाँसपातका लागि केही असहज भए पनि अन्य धेरै दुःख नरहेको उहाँको भनाइ छ । बिहान साढे ४ बजेदेखि राति अबेरसम्म काममा व्यस्त रहँदा आफ्नै घरमा परिवारसँग बसेर दूध, दही र मोही खान पाउँदा आफूलाई विदेश जानुभन्दा धेरै खुसी र आनन्द रहेको उहाँ बताउनुहुन्छ ।

पछिल्लो समय जिल्लाका युवाहरू व्यावसायिक कृषिमा जोडिइरहेका छन् । जिल्लामा पनि व्यावसायिक खेती गर्ने र पशुपालनमा जोडिने बढिरहेका छन् । यसका कारण नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ ।

विगतमा उत्पादित दूधलाई स्थानीय बजारका चिया पसलमा बिक्री गर्दै आएका किसानले अब भने सहकारीमार्फत सञ्चालित केन्द्रमा दूध बिक्री गर्ने गरेका छन् । दुग्ध उत्पादनका लागि व्यावसायिक पशुपालनमा अहिले युवाको आकर्षण बढिरहेको छ । अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै गाउँमा भैँसीपालनमा गर्दा आम्दानी हुने र पछिल्लो समय पशु तथा कृषि क्षेत्रमा सरकारी अनुदान बढ्नुले पनि व्यक्तिगत रुपमा गाईवस्तु पाल्ने तथा दूध उत्पादन गर्ने किसान बढ्दै गएका छन् । गाईभैँसीको व्यावसायिक पालनका लागि सरकारले प्रत्येक किसानका लागि अनुदान दिने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारको प्रोत्साहनपछि यो क्षेत्रमा पशुपालन गर्ने बढेका छन् । किसानहरुले एउटै फार्ममा कम्तीमा १० देखि ८० सम्म उन्नत नस्लका गाईभैँसी पालेका छन् । डेढ वर्षदेखि व्यावसायिक रुपमा आम्दानी गरिरहेको र केहीलाई रोजगार पनि दिएको केउरानीका अर्का किसान बच्चुराम गिरीले बताउनुभयो ।

उहाँका अनुसार मेलम्ची क्षेत्रमा व्यावसायिक रुपमा पशुपालन गर्ने बढिरहेका छन् । उत्पादित दूधको उचित मूल्य निर्धारण हुनुपर्ने तथा प्राविधिक तालिमको व्यवस्था गर्नुपर्नेमा किसानको जोड छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com