खोटाङको कृषि मेलामा ४५६ कृषिजन्य वस्तु प्रदर्शन


प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार

खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले पालिकास्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गरेको छ । किसानको प्रोत्साहन र कृषि पेशाको सम्मानमा गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाले ‘कृषि क्षेत्रको आधुनिकरणका लागि व्यवस्थित पूर्वाधार, प्रविधिमैत्री कृषि उत्पादन ऐंसेलुखर्कको आधार” भन्ने नारासहित बुधबार र बिहीबार कृषि मेला प्रदर्शनीको आयोजना गरेको हो ।

कृषकले उत्पादन गरेका कृषि उपजलाई एक ठाउँमा भेला गरेर प्रदर्शन एवं बजारीकरण गर्ने, कृषि उपजबिचमा प्रतिष्पर्धा गराउने तथा एक ठाउँका कृषकलाई अर्को ठाउँका नमूना कृषकको सिको गराउँदै समग्र किसानलाई व्यवसायीक बन्नका लागि प्रोत्साहित गर्ने लक्ष्यका साथ कृषि मेला प्रदर्शनीको आयोजना गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए । विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार गर्दै कृषि उत्पादनका लागि किसानबीच प्रतिष्पर्धात्मक वाताबरण बनाउने लक्ष्यका साथ गाउँपालिकाले २०७४ सालदेखि नै पालिका स्तरिय कृषि मेला प्रदर्शनीको आयोजना गर्दैआएको छ ।

ऐंसेलुखर्क बजारको हटियाडाँडामा आयोजना गरिएको कृषि मेला प्रदर्शनीमा गाउँपालिकाका १६१ कृषकले ४५६ कृषिजन्य वस्तु ल्याएका थिए । टाढा–टाढाबाट आएका किसानले खाद्यान्न बाली, काउली परिवारका बाली, जरे बाली, टमाटर, फर्सी, लहरे बाली, हरियो तरकारी, दलदन, सुन्तला जातको फलफुल, किवी, केरा, आलु, निर्यात प्रवर्द्धन बाली, आलु, तेलहन बाली, मसला बाली, च्याउ, कन्दमुल र विविध बाली प्रदर्शनीमा राखेको कृषि तथा पशु शाखाले जनाएको छ ।

कृषि मेलामा गाउँपालिकाका ऐसेलुखर्क, महेश्वरी, सुंदेल, दिप्सुङ, राखाबांदेल, जलेश्वरी लगायतका ठाउँका किसानले ल्याएका तरकारी, फलफुल, खाद्यान्न, तेलहन/दलहन तथा नगदे बाली अन्तरगतका १७ स्टल राखिएको थियो । कृषि मेलालाई सयौं स्थानीले अवलोकन गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘कृषकले उत्पादन गरेका कृषि उपजविचमा प्रतिष्पर्धा गराउने, कृषकलाई व्यवसायीक बन्न प्रोत्साहित गर्ने र नमूना कृषकको सिको गराउने लक्ष्यका साथ हरेक वर्ष कृषि मेला प्रदर्शनीको आयोजन हुँदैआएको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘यसले कृषकलाई प्रतिष्पर्धामा सहभागी गराएर र पुरस्कृत हुने अवशर पनि दिलाएको छ ।’

यी हुन पुरस्कृत ५१ किसान 

कृषि मेला प्रदर्शनीमा १७ विद्याका प्रथम, दोस्राे र तेस्राे गरी ५१ किसानलाई क्रमशः तीन हजार, दुई हजार र एक हजारका साथमा पुरस्कृत गरिएको छ । कृषि मेला प्रर्दशनीमा खाद्यान्न बालीतर्फ जिरामायाँ राई प्रथम, राजेन्द्र राई दोश्रो र सन्तमायाँ विश्वकर्मा तेश्रो, दलहनतर्फ मिनबहादुर राई प्रथम, हिमकला राई दोस्राे र जमुना राई तेस्राे, तेलहनतर्फ अडिमान विश्वकर्मा प्रथम, खड्गबहादुर श्रेष्ठ दोस्राे र लिलादेवी राजभण्डारी तेस्राे, सुन्तला जातका फलफुलतर्फ हिमकला राई प्रथम, तारासुर राई दोस्राे र दुर्गा राई तेस्राे भएका छन् ।

यस्तै, आलुतर्फ डिल्ली राजभण्डारी प्रथम, राममायाँ दाहाल दोश्रो र भूपेन्द्र राजभण्डारी तेश्रो, केरातर्फ सरस्वती अधिकारी पहिलो, भद्रचन्द्र राई दोस्राे र भक्तिमायाँ राई तेस्राे, किबीतर्फ अंगत राई प्रथम, प्रेमबहादुर राई दोस्राे र कमला राई तेश्रो, निर्यात प्रवर्द्धन बालीतर्फ डिल्लीमायाँ राई प्रथम, हिमकला राई दोस्राे र नरबहादुर पराजुली तेस्राे, गोलभेडातर्फ कुलबहादुर राई प्रथम, डिल्लीराम लम्साल दोस्रो र दिलबहादुर राई तेस्राे, काउलीतर्फ सरिता श्रेष्ठ पहिलो, निरबहादुर तामाङ दोस्राे र कैलास राई तेस्राे, नगदेबालीतर्फ डिल्लीराम लम्साल प्रथम, हरिता राई दोस्राे र नबिना श्रेष्ठ तेस्राे भएका छन् ।

तरकारी बालीतर्फ गोविन्द वन पहिलो, माइते वन दोश्रो र कमला राई तेस्राे, जरेबालीतर्फ मिनबहादुर राई प्रथम, दोस्रो राजकुमार श्रेष्ठ, तेस्रो गोविन्द वन तेश्रो, मसला बालीतर्फ कमला राई प्रथम, कर्णबहादुर राई दोस्राे र मिनबहादुर राई तेस्राे, कन्दमूलतर्फ दिलबहादुर राई प्रथम, नौलसिंह खुलाल दोस्राे र विष्णुमाया पौडेल तेस्राे, च्याउतर्फ टेकबहादुर राई प्रथम, अन्यबालीतर्फ भूपेन्द्र राजभण्डारी प्रथम, तारासुर राई दोस्राे र सुबोध विश्वकर्मा तेस्राे भएका छन् ।

कृषि पेशाको व्यवसायीकरण गर्दै कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्नका लागि कृषि मेला प्रदर्शनीलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com