महान्यायाधिवक्ता डा पोखरेलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण


प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार

dxfGofoflwjQmf 8f kf]v/]nnfO{ zky sf7df8f}F, !$ k’;M /fi6«klt ljBfb]jL e08f/L / k|wfgdGqL k’iksdn bfxfn …k|r08Úsf] ;d’kl:yltdf sfd’ k|wfgGofofwLz xl/s[i0f sfsL{ /fi6«klt sfof{no zLtn lgjf;df laxLaf/ cfof]lht ;df/f]xdf gjlgo’Qm dxfGofoflwjQmf 8f bLgdl0f kf]v/]nnfO{ kb tyf uf]kgLotf zky u/fpFb} . tl:a/M ls/0f lji6÷/f;;

नवनियुक्त महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा पोखरेललाई शपथ गराउनुभएको हो । प्रधानमन्त्री दाहालका सिफारिसमा राष्ट्रपति भण्डारीले डा पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।

महान्यायाधिवक्ता डा पोखरेलको जन्म २०३० चैत २९ गते झिमरुक गाउँपालिका – ४ प्यूठानमा भएको थियो । उहाँ २५ वर्षदेखि निरन्तर कानुन व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँले सन् २०१६ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा विद्यावारिधि गर्नुभएको छ ।

महान्यायाधिवक्ताले सन् १९९९ मा दिल्ली विश्वविद्यालयबाट तुलनात्मक कानुनमा स्नातकोत्तर र द हेग नेदरल्याण्ड्सको सामाजिक अध्ययन संस्थानबाट २००७ बाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्र र विकासमा स्नातकोत्तर गर्नुभएको थियो । उहाँले वातावरणीय कानुनमा स्नातक गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कानुनी अभ्यास र परामर्शका अतिरिक्त डा पोखरेलले कानुनी अनुसन्धान, कानुनी मस्यौदा र तालिममा संलग्न हुनुहुन्छ । उहाँले संविधानसभाको प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँट समितिमा कानुनविद्का रूपमा काम गर्नुभएको थियो ।

डा पोखरेलले व्यवस्थापिका(संसद्का तत्कालीन सभामुख ओनसरी घर्तीको कानुनी सल्लाहकारका रूपमा काम गर्नुभएको थियो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा कानुनी परामर्श पनि सेवा प्रदान गर्दै आउनुभएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा कानुनका फरक क्षेत्रमा लेखहरू प्रकाशित गर्दै आउनुभएका पोखरेलले जलस्रोत, वातावरण, जलविद्युत्, वाणिज्य कानुन, राजनीतिक अर्थव्यवस्था तथा विकासमा केन्द्रित रही काम गर्नुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com