सङ्घीय संसद्को अधिवेशन पुस २५ गते आह्वान
प्रकाशित मिति : पुस १२, २०७९ मंगलबार
gjlgjf{lrt ;f+;bnfO{ zky sf7df8f}F, & k’;M gofF afg]Zj/l:yt ;‹Lo ;+;b ejgdf laxLaf/ cfof]lht ljz]if ;df/f]xdf k|ltlglw;efsf Ho]i7 ;b:o kz’klt zdz]/ ha/faf6 kb tyf uf]kgLotfsf] zky lnFb} gjlgjf{lrt ;f+;bx? . tl:a/M rGb|snf If]qL÷/f;;
राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
उहाँले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संसद् अधिवेशन आह्वान गर्नुभएको हो ।
यसैबीच, सङ्घीय संसद् सचिवालयले राष्ट्रपतिबाट अधिवेशन आह्वान भएकाले उक्त, मिति, समय र स्थानमा उपस्थितिका लागि सबै संसद् सदस्यलाई सूचना जारी गरेको छ ।






