तरकारी खेतीमा रमाउँदै थारु महिला


प्रकाशित मिति : ११ पुस २०७९, सोमबार

6g]nlag} t/sf/L v]tL aemfª, !) k’; M emf]tf ahf/df s[ifs k[YjL cj:yLn] nufPsf] t/sf/L afnL . lhNnfdf w]/}n] 6g]nsf] dfu ul//x]sf a]nf cj:yLn] 6g]{nlag} kmnfPsf] t/sf/L . tl:a/ M e”ld/fh lk7ftf]nL÷/f;;

तुलसीपुर उपमहानगरपालिका-१५ धम्कापुर ४२ वर्षीया स्यानी चौधरीले व्यावसायिक तरकारी खेती गरेको लामो समय भयो ।

व्यावसायिक धनियाँ खेतीमार्फत् आत्मनिर्भर बन्नुभएकी उहाँले सफल महिला किसानको रुपमा आफूलाई स्थापित गर्न सफल हुनुभएको छ । उहाँले धनियाँको पात मात्रै बिक्री गरी वार्षिक रु चार लाखसम्म बचत गरिरहनुभएको छ ।

“धनियाँ बेच्न हरेक दिन बिहान छिटुवाभरी पात बोकेर घर(घर पुग्छु”, उहाँले भन्नुभयो, “गत दसैँ र तिहारमा अवधिमा धनियाँ बेचेरै रु डेढ लाखसम्म आम्दानी गरेँ ।” विसं २०५८ देखि धनियाँखेती गरे पनि विगत १४ वर्षदेखि भने उहाँ व्यावसायिक तरकारीमा लाग्नुभएको हो ।

उहाँले हाल १० कट्ठा जमिनमा स्थानीय जातको धनियाँखेती गरिरहनुभएको छ । वर्षमा मौसमी र बेमौसमी गरी दुई पटक धनियाँ खेती गर्दै आउनुभएकी उहाँले धनियाँ प्रतिमुठा रु २० मा बिक्री गर्नुहुन्छ । धनियाँ बेचेर भएको आम्दानीबाट उहाँले गाउँमा १७ कट्ठा चार धुर जमिन जोड्न सफल हुनुभएको छ । जसमध्ये १० कट्ठामा व्यावसायिक धनियाँ खेती र बाँकी जमिनमा अन्य खेती गरेको उहाँले बताउनुभयो ।

उहाँ मात्रै होइन यस क्षेत्रका अन्य थारू महिला पनि व्यावसायिक तरकारी खेतीमा लागेर आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएका छन् । सोही ठाउँकी ५० वर्षीया रेखा चौधरी पनि व्यावसायिक तरकारीखेती गरी आर्थिक रुपमा आत्मनिर्भर बन्नुभएको छ । उहाँले १५ कट्ठा जग्गामा चम्सुर, पालक, गोभी, गोलभेडालगायतका तरकारी खेती गर्नुभएको छ । उहाँ पनि हरेक दिन बिहानै छिटुवामा तरकारी बोकेर पैदल हिँड्दै बिक्रीका लागि तुलसीपुर बजारसम्म पुग्नुहुन्छ ।

“पहिले हामी धानखेती गर्दथ्यौँ, तर आम्दानी राम्रो हुने भएपछि विगत छ वर्षदेखि व्यावसायिक तरकारीखेतीमै छौँ”, उहाँले भन्नुभयो, “यसबाट वर्षमा रु तीन लाखभन्दा बढी आम्दानी भइरहेको छ ।” तरकारीखेतीमा सिँचाइको अभाव हुने गरेको बताउँदै उहाँले हालसम्म यसका लागि कुनै तालिम नलिएको बताउनुभयो । सोही ठाउँकी ४० वर्षीया राजपति चौधरीले पनि १६ कट्ठा जमिनमा बन्दा, फूल गोभी, गोलभेडालगायतका तरकारीको व्यावासयिक खेती गर्दै आउनुभएको छ ।

दिनभर तरकारीखेतीमा व्यस्त हुने उहाँ पनि हरेक बिहानै छिटुवाभरी तरकारी बोकेर बिक्रीका लागि तुलसीपुरसम्म पुग्नुहुन्छ । उहाँले वार्षिकरुपमा रु साढे तीन लाखसम्म तरकारी खेतीबाट आम्दानी भइरहेको बताउनुभयो । “तरकारीखेतीबाट भएको आम्दानीले दुई जना छोराछोरीलाई कृषि प्राविधिक विषय पढाउन सजिलो भएको छ”, उहाँले भन्नुभयो ।

सामान्य लेखपढ गर्नुभएकी उहाँ व्यावसायिक कृषिमा महिलालाई टिकाइ राख्न सिँचाइको सहज सुविधा हुनुपर्ने बताउनुहुन्छ । उत्पादनका लागि पानीको सुविधा र बिक्रीका लागि बजार, उचित मूल्य, विउ र कीटनाशन औषधिका साथै तालिमको व्यवस्था स्थानीय निकायले गरी दिनुपर्नेमा उहाँको जोड छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले नगरपालिकाभित्र उत्पादन हुने सबै उत्पादनको उचित मूल्य, बजारीकरणका लागि आफूहरु लागेको जिकिर गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

किसानले तुलसीपुर बजारमा तरकारी बजार केन्द्र भवन निर्माण गरेको भए पनि सबैलाई पायक नपरेकाले महिला किसानहरु बिहानै छिटुवा बोकेर बजार जानुपरेको बताउनुभयो । उहाँले धम्कापुर गाउँलगायत उपमहानगरपालिकाका किसानलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन उपमहानगरबाट प्रोत्साहन गर्नका लागि कृषि कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com