प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर ओली शीतल निवासमा


प्रकाशित मिति : पुस १०, २०७९ आईतबार

eQmk’/, !) k’; M afnsf]6df cWoIf cf]nL / cWoIf bfxfn g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL / g]skf -dfcf]jfbL s]G›_sf cWoIf k’iksdn bfxfn …k|r08ÚcfOtaf/ cf]nL lgjf; afnsf]6df e]6jftf{ ug'{x’Fb} . tl:a/ ;f}hGoM Pdfn] cWoIf cf]nLsf] ;lrjfno÷/f;;

नयाँ सरकार गठनका लागि बहुमत सांसद संख्याको दाबीसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू शीतल निवास पुगेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनाउन सबै दल सहमत भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए ।

आज बालकोटमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टीलगायत दलहरूको बैठकले प्रधानमन्त्री प्रचण्डलाई बनाउने समझदारी गरेका थिए।

‘१६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी गर्न हामी शितल निवासमा पुगेका छौं,’ उनले भने, ‘प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने निर्णय भएको छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com