बालकोटको बार्दलीबाट हात हल्लाउँदै ओली–दाहाल लागे शीतलनिवासतिर


प्रकाशित मिति : पुस १०, २०७९ आईतबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षरसहित राजनीतिक दलका नेताहरु शीतलनिवास जाँदैछन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनाउन सबै दल सहमत भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए ।

आज बालकोटमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टीलगायत दलहरूको बैठकले प्रधानमन्त्री प्रचण्डलाई बनाउने समझदारी गरेका थिए।

‘१६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी गर्न हामी शितल निवासमा जाँदैछौं,’ उनले भने, ‘प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने निर्णय भएको छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com