प्रधानमन्त्री पदमा अड्कियो नयाँ सरकार गठनको ‘गाँठो’


प्रकाशित मिति : पुस १०, २०७९ आईतबार

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान गरेको म्याद आज साँझ ५ बजे सकिँदैछ । आयोगमार्फत आमनिर्वाचनको अन्तिम परिणाम प्राप्त गरेसँगै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नआएपछि नेपालको संविधानको धारा ७६ को उपधारा ९ (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न आह्वान भएको हो ।

सरकार गठनका लागि पाँच दलीय गठबन्धनले बहुमत पुर्‍याउन सक्छ । यद्यपि, सत्ता गठबन्धनमा प्रधानमन्त्री पहिले को बन्ने भन्ने विषयले सरकार गठनको प्रक्रिया नै अड्केको छ ।

सबैभन्दा ठूलो दल कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफै लिन पहल गरिरहेको छ भने, तेस्रो दल माओवादी केन्द्रले पहिलो दुई वर्ष सरकारको नेतृत्व आफूले पाउनुपर्ने अड्डी कसेको छ । तर, गठबन्धनमा सरकारको नेतृत्व कसले लिने भन्नेबारे सहमति जुट्न सकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शनिबार घनीभूत छलफलमा जुटेको गठबन्धनले कुनै निष्कर्ष निकाल्न सकेन । आइतबार बिहानैदेखि सरकार गठनका लागि सहमति जुटाउने गठबन्धनले प्रयत्न गरिरहेको छ । तर माओवादीको अडान र कांग्रेसको लचकतामा कमी नहुनुले सरकार गठनको विषय अन्योलमा परेको छ ।


के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com