प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा राजनीतिक दलहरूले सांसदहरूको हस्ताक्षर संकलन गर्न थालेका छन् । कांग्रेसले शुक्रबार र शनिबार पार्टीका सांसदहरूको हस्ताक्षर संकलन गरेको छ । आइतबार साँझ ५ बजेसम्म राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुईभन्दा बढी राजनीतिक दल मिलेर प्रधानमन्त्रीमा दाबी गर्न हस्ताक्षर संकलन भइरहेको कांग्रेस सहमहामन्त्री बद्री पाण्डे बताए । उनले केही सांसदहरूको हस्ताक्षर शुक्रबार नै संकलन गरिएको र बाँकीको शनिबार गर्ने क्रम जारी रहेको बताए । उनले सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७ दिनको समय सकिनै लागेकाले जतिबेला पनि प्रधानमन्त्रीमा दाबी गर्नुपर्ने भएकाले सांसदहरूको हस्ताक्षर संकलन गरिएको बताए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।