३४ हजारभन्दा कम आम्दानी हुनेलाई तातोका लागि १० हजार बढी नगद र उपकरण सहायता


प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार

20 us dollar bill unsplash

न्युयोर्कमा घर उर्जा सहायता कार्यक्रमले योग्य न्युयोर्कवासीहरूलाई उनीहरूको घरलाई तातो बनाउन मद्दत गर्न सक्छ।

यदि तपाइँ योग्य हुनुहुन्छ भने तपाइँ हरेक कार्यक्रम वर्षमा एक नियमित लाभ प्राप्त गर्न सक्नुहुन्छ । यदि तपाइँ ईन्धन सकिो वा तपाइँको युटिलिटी सेवा बन्द हुने खतरामा हुनुहुन्छ भने आपत्कालीन लाभहरूको लागि पनि योग्य हुन सक्नुहुन्छ।

२०२२ / २०२३ का लागि नियमित लाभका लागि नोभेम्बर १ मा आवेदन खोलिएको थियो । तपाईको आम्दानी, परिवारको आकार, प्राथमिक तताउने स्रोत र ६ वर्ष मुनिको, ६० वर्ष वा सोभन्दा माथिको वा स्थायी रूपमा असक्षम भएको घरपरिवारको सदस्यको उपस्थिति लगायतका आधारमा यो कार्यक्रमका लागि योग्यता निर्धारण गरिन्छ ।

woman in gray sweater sitting beside window

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वास्तविक युटिलिटीका आधारमा तातोको लागि सिधै भुक्तान गर्ने घरपरिवारहरूका लागि नियमित लाभहरू सिधै घरको तातोको प्राथमिक स्रोत आपूर्ति गर्ने विक्रेतालाई भुक्तानी गरिन्छ। कार्यक्रममा सहभागी विक्रेता सूचीका लागि यहाँ क्लीक गर्नुहोला ।

तपाईंको निवासको काउन्टी चयन गर्नुहोस्, तपाईंले आफ्नो घर तताउन प्रयोग गर्ने इन्धन प्रकार छनौट गरेर हेर्न सक्नुहुनेछ । उदाहरणका लागि विद्युतका लागि कोन एडिसन यो कार्यक्रममा सहभागी रहेको छ ।

तपाईंको परिवारको सदस्य अमेरिकाको नागरिक वा योग्य गैर नागरिक भएमा र तपाईंको घरपरिवारको कुल मासिक आम्दानी एकजनाको हकमा २८५२ डलर, २ जनाको हकमा ३७३० डलर, ३ जनाको हकमा ४६०८ डलर, ४ जनाको हकमा ५४८५ डलर रहेमा तपाई यो कार्यक्रमका लागि योग्य हुनुहुनेछ । आम्दानीको मापदण्ड परिवारका सदस्यहरुको संख्यामा आधारित हुन्छ ।

आम्दानीको मापदण्ड

त्यस्तै पूरक पोषण सहायता कार्यक्रम एसएनएपी लाभहरू प्राप्त गर्ने व्यक्ति पनि योग्य हुन्छ । त्यस्तै अस्थायी सहायता टीए वा पूरक सुरक्षा आय प्राप्त गर्ने व्यक्ति पनि कार्यक्रममा योग्य हुन्छ ।

२०२२/ २०२३ गृह ऊर्जा सहायता कार्यक्रमको लागि उच्च संघीय कोषको परिणाम स्वरूप डिसेम्बर ११ मा न्युयोर्कले तातोको लागि सिधै विक्रेतालाई भुक्तान गर्ने घरपरिवारहरूका लागि नियमित लाभ रकम बढाएको छ । यदि तपाईंको घरपरिवारले नियमित लाभ प्राप्त गरेको र तताउने ईन्धनको लागि हालको नियमित लाभ रकम भन्दा कम भएमा आफ्नो नियमित लाभ रकममा स्वचालित समायोजनको लागि योग्य हुनुहुनेछ ।

उदाहरणका लागि यदि तपाईंले आवेदन दिँदा तपाईंको प्राथमिक तताउने इन्धन काठ थियो र तपाईंले ६३५ डलर बराबरको नियमित लाभ प्राप्त गर्नुभएको थियो भने तपाईंले ५० डलर बराबर थप पाउनुहुनेछ । अतिरिक्त रकम तपाईंको हालको प्राथमिक ताप विक्रेतालाई जारी गरिनेछ जहाँ तपाईं तताउने लागतहरू तिर्न जिम्मेवार हुनुहुन्छ। तपाईंले यो पूरक प्राप्त गर्न पुन आवेदन दिन आवश्यक छैन।

सरकारी अनुदान प्राप्त आवास वा तातो भएको सामूहिक घर सेटिङमा बस्ने योग्य परिवारहरूले २१ डलरसम्म पाउँछन् । त्यस्तै तताउने खर्चहरू भाडामा समावेश भएका योग्य परिवारहरूले ४५ वा ५० डलर पाउँछन् । योग्य परिवार जसको प्राथमिक ताप तेल, मट्टितेल, वा प्रोपेन हो र जसले तताउने लागतको लागि विक्रेतालाई प्रत्यक्ष भुक्तानी गर्दछ, उनीहरुले १ हजार ५० डलर र थपिएको रकम पाउँछन् ।

त्यस्तै योग्य घरपरिवार जसको प्राथमिक तातो काठ, काठको छर्रा, कोइला, मकै वा अन्य डेलिभर योग्य इन्धन हो र जसले तताउने लागतको लागि विक्रेतालाई प्रत्यक्ष भुक्तानी गर्दछ, उनीहरुले ६८५ डलर र अतिरिक्त रकम पाउनेछन् । योग्य परिवार जसको प्राथमिक ताप बिजुली वा प्राकृतिक ग्यास हो र जसले विक्रेतालाई आफ्नो घरपरिवारको वास्तविक उपयोगको आधारमा प्रत्यक्ष भुक्तानी गर्दछ, उनीहरुले ५ सय डलर र अतिरिक्त रकम पाउनेछन् ।

यो कार्यक्रममा लागि आफू योग्य भए नभएको यहाँ चेक गर्न सक्नुहुनेछ ।

नियमित सुविधाका लागि नोभेम्बर १ मा आवेदन खुलेको भएतापनि आपतकालिन सुविधाका लागि आगामी जनवरी ३ मा आवेदन खुल्नेछ । यदि तपाईं योग्य भएमा इमर्जेन्सी हिप बेनिफिटले तपाईंलाई आफ्नो घर तातो बनाउन मद्दत गर्न सक्छ । आम्दानी, उपलब्ध स्रोत र आपातकालीन को प्रकारका आधारमा यसमा योग्य हुन सकिन्छ ।

यदि तपाईको घर ताताउने प्रणालीका लागि बिजुली आवश्यक छ तर यो बन्द भएको छ वा बन्द हुने तालिकामा छ भने तपाईले आपतकालिन राहत पनि पाउनुहुनेछ । त्यस्तै तपाईंको बिजुली वा प्राकृतिक ग्यास ताप बन्द छ वा हुने तालिकामा छ भने पनि पाउन सक्नुहुनेछ । तपाईंसँग इन्धन सकिएको छ, वा तपाईंसँग इन्धन तेल, मट्टितेल वा प्रोपेनको एक चौथाइ ट्याङ्कीभन्दा कम छ वा काठ, काठको चक्की, मकै, वा अन्य डेलिभर गर्न मिल्ने तातो स्रोतको दस दिनभन्दा कम आपूर्ति छ भने पनि योग्य हुन सक्नुहुनेछ । तर यसमा पनि तपाईको आम्दानीको मापदण्ड हेरिन्छ । विगतमा पूरक पोषण सहायता कार्यक्रम एसएनएपी लाभहरू प्राप्त गर्ने व्यक्ति पनि योग्य हुन्छन् । त्यस्तै अस्थायी सहायता टीए वा पूरक सुरक्षा आय प्राप्त गर्ने व्यक्ति पनि कार्यक्रममा योग्य हुन्छन् । यो सहायता ९ सय डलरसम्म रहेको छ ।

त्यस्तै २०२२ /२०२३ को तताउने उपकरण मर्मत र प्रतिस्थापन सुविधाका लागि आवेदन अक्टोबर ३, २०२२ मा खोलिएको छ । यदि तपाईं घरमालिक हुनुहुन्छ र योग्य हुनुहुन्छ भने ताप उपकरण मर्मत र प्रतिस्थापन लाभले तपाईंलाई आफ्नो भट्टी, बॉयलर र अन्य प्रत्यक्ष तताउने उपकरणहरू मर्मत गर्न वा प्रतिस्थापन गर्न मद्दत गर्न सक्छ ।

लाभ रकमहरू तपाईंको भट्टी, बॉयलर, ररवा अन्य आवश्यक तताउने उपकरणहरू मर्मत वा प्रतिस्थापन गर्न लाग्ने वास्तविक लागतमा आधारित हुन्छन् । मर्मतका लागि ४ हजार डलरसम्म र प्रतिस्थापनको लागि ८ हजार डलरसम्म पाउन सकिन्छ ।

त्यस्तै सफा र ट्यून लाभका लागि अक्टोबर ३ मा आवेदन खोलिएको छ । योग्य घरपरिवारहरूले ऊर्जा दक्षता सेवाहरू प्राप्त गर्न सक्छन् । जसमा प्राथमिक तताउने उपकरणहरूको सफाई समावेश छ । आवश्यक परेमा चिम्नीको सफाई, सानो मर्मत, कार्बन मोनोअक्साइड डिटेक्टरहरूको स्थापना वा प्रोग्रामेबल थर्मोस्टेटहरू पनि समावेश हुन सक्छ । लाभ रकमहरू अधिकतम ५ सय डलरसम्म उपलब्ध हुनेछ ।

आवेदन दिनका लागि यहाँ क्लीक गर्नुहोला । आफू बसेको काउन्टी छनौट गरेपछि तपाईले सम्पर्क विवरणहरु प्राप्त गर्नुहुनेछ ।

थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com