स्वास्थ्यमा सुधार आएपछि तीन सातापछि स्वदेश फर्किए बर्षमान


प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन् । स्वास्थ्यमा सुधार भएपछि पुन तीन सातापछि नेपाल फर्किएका हुन् ।

उनी चाइना साउदर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै आज काठमाडौं आइपुगेको उनको सचिवालयले जनाएको छ ।

वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्य समस्या बल्झिएपछि उपचारका लागि गत १६ मंसिरमा चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल गएका थिए ।
नेपालबाट चीन जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा रुचि नहुने तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए । उपचारपछि भने ती समस्या हटेको पुनकी श्रीमती ओनसरी घर्तीले जानकारी दिइन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com