भारतले हटाएन महाकालीको बाँध, दार्चुलामा पुनः विरोध हुँदै


प्रकाशित मिति : पुस ४, २०७९ सोमबार

एकलौटी रूपमा महाँकालीमा गरिएको तटबन्धन हटाउने मौखिक सहमति भारतले कार्यान्वयन नगरेपछि दार्चुलामा पुन भारतको विरोध हुन थालेको छ ।

मंसिर २१ गते भारतको धार्चुलामा दुई देशका सुरक्षा अधिकारीबीच भएको छलफलमा भारतले पुस १ गतेभित्र महाँकाली नदीको धार परिवर्तन हुने गरी बनाइएका संरचना हटाउने प्रतिबद्धता गरेको थियो । सो बैठकमा भारतस्थित पिथौरागढकी डिष्ट्रिक मजिष्टेड रिमा जोशी र दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायसहित सुरक्षा अधिकारी सहभागि भएका थिए ।

सहमति अनुसार पुस १ गतेसम्म भारतले आफ्नो क्षेत्रमा महाँकालीको धार परिवर्तन हुने गरी एकलौटी निर्माण गरिएका संरचना हटाउनु पर्ने हो । तर, पुस ४ गतेसम्म भारतले संरचना हटाउन सुरुसमेत नगरेपछि दार्चुलामा पुनः आन्दोलत तथा विरोध हुन थालेको हो ।

सोमबार भारतविरुद्ध नारावाजी तथा विरोध प्रदर्शन गरिएको हो । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र स्थानीयको सहभागितामा आज दिनभर भारत विरोधी प्रदर्शन गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विरोधका क्रममा विप्लवका कार्यकर्ता र स्थानीय भारत विरोधी नारा घन्काउँदै निर्माणाधिन तटबन्धन क्षेत्रमै पुगेका थिए । उनीहरूले भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धको विरोध गरिरहेका हुन् । यस्तै भारतीय थानामा सात जना नेपालीमाथि लगाएको झुटा मुद्दा फिर्ताको मागस्वरुप पनि आफूहरु विरोधमा उत्रिएको उनीहरूले बताए ।

केही दिनअघि महाकाली क्षेत्रमा भारतीयहरूले नेपालतर्फ ढुंगा प्रहार गर्दा चार जना बालक घाइते भएका थिए । तर, भारतीय पक्षले नेपालीहरुले ढुंगा प्रहार गर्दा कामदार घाइते भएको भन्दै ७ जनामाथि मुद्दा दर्ता गरेपछि स्थानीय आक्रोशित बनेका छन् । भारतले सीमा क्षेत्रका नेपाली नागरिकमाथि ज्यादती गरेको बताउँदै उक्त पार्टीका कार्यकर्ता लामो समयदेखि विरोध गरिरहेका छन् ।

उनीहरूले भारतद्वारा अतिक्रमित दार्चुलाको नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ताको मागसमेत गरेका छन् । नेपाली प्रशासन भारतसामु निरीह भएको उनीहरूको आरोप छ । प्रदर्शनपछि केहीबेर दार्चुला सदरमुकाम क्षेत्रमा तनाव सृजनासमेत भएको बताइएको छ ।

तर, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा प्रहरी नायव उपरीक्षकतर्क पाण्डेयले भने सोमबार सदरमुकाममा सामान्य विरोध प्रदर्शन भएको बताए ।

मंसिर १८ मा भारतीय पक्षले महाकाली नेपालतिर धकेल्ने गरी एकलौटी तरिकाले तटबन्ध गर्न थालेपछि दार्चुलाका स्थानीय भारतको विरोधमा उत्रिएका थिए । दार्चुलालगायत देशरभबाट चारतेको विरोध भएपछि मंसिर २० गते सरकारले भारतको परराष्ट्र मन्त्रालयलाई कुटनीतिक नोट पठाएको थियो । सरकारको कुटनीतिक नोट पछि नेपाल र भारतका स्थानीय प्रशासनबीच सीमामा भइरहेको तनाव सुल्झाउने मौखिक सहमति भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com