डिभी लोटरी बन्द गर्ने विधयेकबारे ट्रम्पको गृहकार्य तीब्र


प्रकाशित मिति : श्रावण १, २०७४ आईतबार

डिभी लोटरी बन्द गर्ने विधयेक सदनबाट पारित गराउनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गृहकार्य तीब्र पारेका छन् । उनले आफ्ना सहयोगी स्टेफन मिलरका साथमा दुई रिपब्लिकन सिनेटरहरु टम कटन र डेभिड पर्ड्युसँग मिलेर यसबारे गृहकार्य गरिरहेको जनाइएको छ । ट्रम्पले डिभी लोटरी बन्द गर्नुका साथै आप्रवासीसम्बन्धि अन्य कार्यक्रमहरुमा कटौती गर्ने कानुन ल्याउनका लागि गृहकार्य गरिरहेका छन् ।

अहिले हरेक बर्ष १० लाख आप्रवासीहरुले अमेरिकामा ग्रिनकार्ड पाउने गरेकोमा त्यसलाई कटौती गरेर सन् २०२७ सम्ममा पाँच लाखमा झार्ने योजना अनुरुप नयाँ कानुन ल्याउन लागिएको हो । जसका लागि अर्कान्ससका सिनेटर टम कटन र जर्जियाका सिनेटर डेभिडसँग ट्रम्पले काम गरिरहेका छन् । आगामी विधयेक गत फरबरीमा डेभिड र टिम कटनले सार्वजनिक गरेको डिभी लोटरी खारेज गर्ने सम्बन्धि विधयेककै अझ विस्तृत रुप भएको बताइएको छ । नयाँ विधयेक समरको अन्त्यतिर सदनमा पेश गर्ने तयारी भइरहेको छ ।

नयाँ विधयेकमा डिभी लोटरी बन्द गर्ने र शरणार्थी संख्या कटौती गर्ने महत्वपूर्ण विषय समावेश हुनेछ भने केही पारिवारिक आधारमा दिइने ग्रिनकार्डको कोटा पनि खारेज हुनसक्ने जनाइएको छ । तर निश्चित विषयमा अमेरिकन डिग्री लिएकाहरुलाई प्वाइन्ट सिस्टमका आधारमा ग्रिनकार्डका लागि योग्य ठहराउन सकिने जनाइएको छ ।

अमेरिकाको सरकारी श्रोत अनुशार डिभी लोटरी कार्यक्रम सुरु भएदेखि अहिलेसम्म झण्डै ५० हजार नेपालीहरुलाई डिभी लोटरी परिसकेको छ । अमेरिकी सरकारको ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार सन् २००२ देखि सन् २०१७ सम्मको डिभी लोटरी कार्यक्रम अन्तरगत डिभी लोटरी पार्ने नेपालीहरुको संख्या ४७ हजार ५ सय ९२ रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इतिहास हेर्दा सन् २००२ का लागि भरिएको डिभी चिठ्ठामा ७२९ जनालाई, सन् २००३ का लागि भरिएको डिभी चिठ्ठामा २३ सय २० जनालाई , सन् २००४ लागि भरिएको डिभी चिठ्ठामा ४२ सय ५९ जनालाई चिठ्ठा परेको थियो । सन् २००५ मा डिभी चिठ्ठा परेका जम्मा १५ सय ४५ नेपाली अमेरिका आएका थिए ।

त्यसैगरी सन् २००६ का लागि भरिएको डिभी चिठ्ठामा १९ सय ३४ जनालाई , सन् २००७ का लागि भरिएको डिभी चिठ्ठामा १५ सय २९ जनालाई, सन् २००८ का लागि भरिएको डिभी चिठ्ठामा २५ सय ६२ जनालाई, सन् २००९ का लागि भरिएको डिभी चिठ्ठामा १८९१ जनालाई , सन् २०१० का लागि भरिएको डिभी चिठ्ठामा २१ सय ३२ जनालाई र सन् २०११ का लागि भरिएको डिभी चिठ्ठामा २१८९ जना नेपालीहरुलाई चिठ्ठा परेको थियो । सन् २०१२ का लागि भरिएको डिभी चिठ्ठाको नतिजा अन्तरगत जम्मा ३२ सय ५८ जना नेपालीहरुलाई यो चिठ्ठा परेको थियो ।

त्यस्तै सन् २०१३ का लागि भरिएको डिभी चिठ्ठामा ४३७० नेपालीलाई यो चिठ्ठा परेको थियो भने सन् २०१४ का लागि भरिएको डिभी चिठ्ठामा ६ हजार ८२ नेपालीलाई यो चिठ्ठा परेको थियो । सन् २०१५ का लागि भरिएको डिभी चिठ्ठामा ४ हजार ९ सय ९१ जना छनौट भएका थिए । तर उनीहरुमध्ये हजारौं नेपालीहरु भने अमेरिका आउन पाएनन् । सन् २०१६ का लागि भरिएको डिभी चिठ्ठामा ३८ सय १ जना नेपाली छनौट भएका थिए भने चालु आर्थिक बर्ष २०१७ का लागि ४ हजार नेपालीहरुले डिभी लोटरी पारेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com