एमाले प्रतिपक्षमा बस्छ : विष्णु पौडेल


प्रकाशित मिति : पुस २, २०७९ शनिबार

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताए ।

आज नेकपा (एमाले) पर्वत–काठमाडौँ सम्पर्क मञ्चले यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, “नेकपा (एमाले) अहिले सरकारमा जाँदैन, बरु प्रतिपक्षमा बसेर काम गर्छ ।”

उनले पाँच दलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि एमालेले जनताको बीचबाट राम्रो मत पाएको बताए। उनले पर्वतबाट निर्वाचित सांसदहरुलाई जनताको पक्षमा काम गर्न र अहिलेको नतिजाबाट नआत्तिन समेत आग्रह गरे ।

प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएको पर्वतमा गत मङ्सिर ४ मा भएको निर्वाचनमा एमाले विजयी भएको थियो । साथै दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com