जसपा कुन गठबन्धनमा ?


प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार

 

सत्ता गठबन्धनमा रहेर सरकारमा समेत सामेल बनेको जनता समाजवादी पार्टी (जसपा)ले चुनावको मुखैमा एमालेसँग तालमेल गर्‍यो । गठबन्धनभित्र सिट बाँडफाँटमा कुरा नमिल्दा एमाले कित्तामा गएको जसपाले निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न सकेन ।

निर्वाचनको नतिजा सार्वजनिक भएसँगै जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल सकिएको बताए थिए । उनले निर्वाचनका लागि मात्र तालमेल गर्ने सहमति भएकाले निर्वाचन सकिएसँगै तालमेल सकिएको समेत उल्लेख गरेका थिए ।

आमनिर्वाचनमार्फत् सत्ता गठबन्धनले नै नयाँ सरकार गठनको म्यान्डेट पाएपछि अध्यक्ष यादवको उक्त अभिव्यक्तिले राजनीतिक वृत्तमा जसपा कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुने आंकलन धेरैको थियो । उक्त आंकलनलाई थप बल पुर्‍याउने अर्को कुरा थियो, अध्यक्ष यादवको हार ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले एमाले गठबन्धनमा सामेल भएर पनि निर्वाचनमा पराजय भोगका थिए । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग भारी मतान्तरले पराजित भएका यादव एमालेप्रति रुष्ट बनेर सहकार्य तोडेको हुन सक्ने समेत कतिपयको आंकलन थियो । तर, जसपाकै अर्का नेता राजेन्द्र श्रेष्ठले आफूहरु एमालेको गठबन्धनमै रहेको बताएपछि नेताहरूबीचमै कुरा बाझियो । पार्टीभित्र रहेका विभिन्न धारहरू देखिएको विश्लेषण भइरहेका छन् ।

बिहीबार निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आमनिर्वाचनको अन्तिम परिणाम बुझाएको छ । योसँगै सरकार गठनको प्रक्रिया सुरु भइरहँदा जसपा कता लाग्छ भन्ने आम चासोको विषय बनेको छ । एमालेसँग गठबन्धन तोडेको घोषणा गरेका अध्यक्ष यादवले सत्ता गठबन्धनमा सामेल हुनेबारे ठोस निर्णय गरिसकेका छैनन् ।

जसपा प्रवक्ता मनिष सुमन हाल आफूहरू कुनै गठबन्धनमा नरहेको बताउँछन् । पार्टीले सहकार्यका लागि सबै बाटोहरू खुला राखेको बताउँदै उनले सरकार वा गठबन्धनमा सहभागी बन्न एजेण्डामा सहमति हुनुपर्ने बताए ।

‘हामी अहिले कुनै गठबन्धनमा छैनौं । सहकार्यका लागि सबै बाटाहरू खुला छन् । तर, हामीले माग गरेका विषय र पार्टीका एजेण्डा जसले पूरा गर्न सघाउँछन् । हामी त्यता जान्छौं,’ उनले भने ।

उनले नेताहरूबीच निरन्तर भेटघाट छलफल चलिरहे पनि ठोस रूपमा कसैसँग सहमति नभएको बताए । प्रवक्ता सुमनले पार्टीभित्र कुनै फरक धार नभएको समेत दाबी गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com