विश्वकपमा सबैभन्दा सफल अफ्रिकी टिम मोरक्कोले विश्व च्याम्पियन फ्रान्सको सामना गर्दै


प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार

Morocco’s Sofyan Amrabat reacts during the World Cup group F soccer match between Morocco and Croatia at the Al Bayt Stadium in Al Khor, Qatar, Wednesday, Nov. 23, 2022. (AP Photo/Darko Vojinovic)

मोरक्कोको फुटवल टिम एटलस लायन्स पहिले नै विश्वकप इतिहासमा सबैभन्दा सफल अफ्रिकी टोली हो । मोरक्कोले प्रतियोगिताको अन्तिम चारमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेर इतिहास रचिसकेको छ ।

सेमिफाइनलमा पुग्न मोरक्कोले युरोपेली हेवीवेट्स बेल्जियम, स्पेन र पोर्चुगललाई हराएको थियो । अब एटलस लायन्सले युरोपले सबैभन्दा राम्रो विश्व च्याम्पियन फ्रान्ससँग सामना गर्दैछ ।

मोरक्कोले पोर्चुगललाई हराएपछि, मुख्य प्रशिक्षक वालिद रेग्रागुईले आफ्नो टोलीलाई रकीसँग तुलना गरेका थिए । हजारौं मोरक्कनहरू दोहामा बस्छन् भने हजारौंले आफ्नो राष्ट्रलाई समर्थन गर्न मध्य पूर्वमा छोटो यात्रा गरेका छन् ।

पोर्चुगल विरुद्धको जित पछि, मोरक्कोको राष्ट्रिय एयरलाइन रोयल एयर मारोकले फ्रान्स विरुद्धको खेल अघि दोहामा लगभग ३० उडानहरू गरिरहेको छ । ती फ्यानहरूमा विश्वभरबाट अफ्रिकी र अरबहरूको समर्थन पनि थपिएको छ । किनभने मोरक्को विश्वकपको क्वार्टरफाइनल र सेमिफाइनलमा पुग्ने पहिलो अरब राष्ट्र पनि हो ।

एटलस लायन्सहरू आमाहरूबाट पनि प्रेरित छन् । स्पेन र पोर्चुगल विरुद्ध मोरक्कोको जीत पछि अचराफ हाकिमी र सोफियान बाउफल जस्ता खेलाडीहरू आफ्ना आमाहरूसँग चुम्बन गरेको वा नाचिरहेको तस्वीर र भिडियोहरु भाइरल भएका छन् ।

यदि फ्यानहरूले खेल पछि उदासीको सट्टा खुशीको आँसु हेर्न चाहन्छन् भने मोरक्कोले पहिले कहिल्यै नगरेको काम गर्दै फ्रान्सलाई हराउनु पर्छ। राष्ट्रहरू बीचको घनिष्ठ सम्बन्धको बाबजुद मोरक्को र फ्रान्सले मात्र पाँच पटक खेलेका छन् । जसमा मोरक्कोले चार पटक हारेको छ भने एक पटक बराबरी खेलेको छ।

केलियन एमबाप्पे

२०१८ को विश्वकप च्याम्पियनलाई लिएर उब्जिएका सबै शङ्काहरू हटाउँदै फ्रान्स आफ्नो सबैभन्दा खतरनाक अवस्थामा रहेको छ। कम्तिमा पाँच प्रमुख खेलाडी गुमाउनुका बाबजुतपनि फ्रान्सले क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई हराउँदै उपाधि कायम राख्न बलियो दावेदारको रूपमा उभिएको छ।

केलियन एमबाप्पे फेरि एक पटक शोको स्टार बनेका छन् । प्रतियोगिताको शीर्ष स्कोररले विश्वको उत्कृष्ट खेलाडीको रूपमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको उत्तराधिकारीको रूपमा आफ्नो स्थानलाई रेखांकित गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com