यो रिपोर्टको आधारमा अमेरिकामा नेपालीलाई एसाइलम दिइएन (रिपोर्टको पाठसहित)


प्रकाशित मिति : असार २८, २०७४ बुधबार

अमेरिकाको कोर्ट अफ अपिल सेकेण्ड सर्किटले नेपालको राजनीतिक अवस्थामा परिवर्तन आएको भन्दै रुद्र नरसिंह थापाक्षेत्रीको एसाइलम आवेदन अस्वीकार गरेपछि अमेरिकी अदालतले कुन कागजातलाई आधार मानेर नेपालको राजनीतिक अवस्था परिवर्तन भएको ठहर गरेको होला भन्ने सन्दर्भमा पनि चर्चा भइरहेको छ ।

वास्तवममा अमेरिकाको कोर्ट अफ अपिल सेकेण्ड सर्किटले अमेरिकी सरकारको विदेशमन्त्रालयबाट जारी सन् २०१३ को मानवअधिकारबारेको रिपोर्टलाई आधार मानेर यस्तो निर्णय गरेको हो । जुन रिपोर्ट सन् २०१४ को सुरुतिर प्रकाशित भएको थियो । त्यसपछि अमेरिकी सरकारको विदेशमन्त्रालयले सन् २०१४, २०१५ र २०१६ को नेपाल सम्बन्धि रिपोर्ट प्रकाशित गरिसकेको छ । तर पनि सन् २०१३ देखि नेपालको राजनीतिक अवस्थामा उल्लेख्य परिवर्तन आएको ठहर गर्दै अदालतले उक्त रिपोर्टको आधारमा फैसला गरेको हो ।

रिपोर्टको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोला ।

रिपोर्टको तेश्रोबाक्यमा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले संविधान सभा चुनावको परिणामलाई विश्वसनीय र राम्रोसँग सम्पन्न गरिएको ठहर गरेको कुरा उल्लेख छ । त्यस्तै एसियन नेटवर्क फर फ्रि इलेक्सनले संविधानसभाको चुनाव स्वतन्त्र र निष्पक्ष तरिकाले भएको ठहर गरेको कुरा पनि अमेरिकी विदेशमन्त्रालयको रिपोर्टमा उल्लेख छ । सेकेण्ड सर्किट कोर्टको गरेको फैसलामा पनि यही कुरालाई कोट गरिएको छ ।

अमेरिकी विदेशमन्त्रालयको रिपोर्टमा चुनावका क्रममा माओवादी कार्यकर्ताहरुले सामान्य हिंशात्मक घटना उल्लेख गराएको तर नेपाली काँग्रेसका कार्यकर्ताबिरुद्ध चुनावपछि कुनै हिंशात्मक गतिविधि नगरेको उल्लेख छ । रिपोर्टको १७ औं पृष्ठमा उल्लेखित यो विषयलाई पनि फैसलामा समावेश गरिएको छ । अमेरिकी विदेशमन्त्रालयको रिपोर्टमा प्रहरीको दुब्र्यबहार जारी रहेको उल्लेख भएपनि यसको सम्बन्ध राजनीतिक, धार्मिक वा जातीय आधारमा दुब्र्यब्हारसँग नरहेको फैसलामा जनाईएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फैसलाको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोला ।

तस्विरमा सन् २०१३ को मानवअधिकार सम्बन्धि रिपोर्टबारे सन् २०१४ को फरबरी २७ मा बोल्दै तत्कालिन अमेरिकी विदेशमन्त्री ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com