न्युयोर्कको लङ आइल्याण्डका नेपालीबाट रिपब्लिकन उम्मेदबार ज्याकको समर्थनमा कार्यक्रम


प्रकाशित मिति : कार्तिक १४, २०७९ सोमबार

नोभेम्बर ८ मा हुने अमेरिकाको चुनावमा लङ आइल्याण्डमा बसोबास गर्ने नेपालीहरुले न्युयोर्क राज्यको संसदका लागि डिस्ट्रिक्ट १५ का रिपब्लिकन उम्मेदबार ज्याक ब्लुमेनक्रान्जलाई जिताउन आब्हान गर्दै कार्यक्रमका बीच स्वागत, अभिनन्दन र इन्डोर्स समेत गरेका छन् ।

नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य समेत रहेका वेद प्रसाद खरेलको अगुवाई र आव्हानमा हिक्सभिलमा कार्यक्रम सम्पन्न भएको हो ।तिहारको अवसरमा नाचिएको देउसी भैलो कार्यक्रममा उम्मेदबार ज्याक समेत नाचेका थिए ।

उनलाई वेद प्रसाद खरेलले टोपी लगाइदिएर स्वागत गरेका थिए भने एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर बिश्व बास्तोला, समता ग्लोबल सिनेटका बरिष्ट उप सभापति टिका ढकाल, लङ आइल्याण्ड नेपाली समाजका अध्यक्ष वसन्त चापागाई , लङ आइल्याण्ड नेपाली समाजका महासचिव बावुराम शर्मा, सामाजिक व्यक्तित्वहरु यादव बास्तोला , शंकर भण्डारी, एक राज गौतम, केदार कट्टेल, नरेन्द्र सुवेदी, युवाहरु विकाश खरेल , सुनीता खनाल पौडेल लगायतले नेपाली समुदायको अवस्थाबारे जानकारी दिदै स्वागत गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफू बसेको स्थानमा नेपालीहरुको पहुँच स्थानीय सरकार , राज्य सरकार र त्यसका अंगमा हुनुपर्ने बेद खरेलले बताए । स्थानीय स्तरमा नेपाली समुदायको स्थानीय मुद्दालाई सहयोग र समर्थन गर्नेलाई सहयोग गर्नुपर्ने बताउँदै आफूहरुको रोजाइमा रिपब्लिकन उम्मेदबार ज्याक परेको उनले बताए ।

ज्याकलाई जिताउने सहयोग अभियानमा युवा समितिमा बिशाल रेग्मी , पारस खरेल , शुमन बास्तोला ,सुनीता खनाल पौडेल र प्रकृति पौडेल रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com