म्याग्दीमा दसैंमा भित्रियो चालीस करोड रेमिट्यान्स


प्रकाशित मिति : आश्विन २०, २०७९ बिहीबार

म्याग्दीबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका म्याग्देलीले दसैंमा मात्रै रु चालीस करोड भन्दा बढी रेमिट्यान्स पठाएका छन् । पितृपक्ष (सोह्र श्राद्ध) को अष्टमी तिथिदेखि दसैंको फुलपातीको अघिल्लो दिन (षष्ठी)सम्म रु चालीस करोड १३ लाख रेमिट्यान्स भित्रिएको यहाँका बैंक तथा वित्तीय संस्थाले जनाएका छन् ।

विदेशमा रहेका व्यक्तिले चाडपर्वमा लक्षित गर्दै घरायसी प्रयोजन र चाडपर्वमा खर्च गर्नका लागि उक्त रकम पठाएका सेवा प्रदायक संस्थाले जनाएका छन् । जिल्ला सदरमुकाम बेनीबजार तथा ग्रामीण क्षेत्रमा शाखा सञ्चालन गरेका वित्तीय संस्थाले दिएको जानकारी अनुसार विगत वर्षको तुलनामा यसवर्ष रेमिट्यान्स कम भित्रिए पनि चाडपर्वमा आउने क्रम भने रोकिएको छैन । जिल्लामा भित्रिएको रेमिट्यान्सको ठूलो हिस्सा चाडपर्वमा घरखर्च, लत्ता कपडालगायतका अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ ।

stainless steel container with white and red flowers

यहाँका बैंक तथा वित्तीय संस्थाले सदरमुकाम बेनी बजारसहित जिल्लाका सबै छवटै स्थानीय तहमा शाखा सञ्चालन गरेर सेवा प्रदान गरिरहेका छन् । पछिल्लो समय डिजिटल प्रविधिको प्रयोगले विदेशबाट सिधै खातामा जम्मा हुने भएकाले पनि रेमिटको प्रवाहमा भएको वित्तीय संस्थाका प्रतिनिधिको भनाइ रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

म्याग्दीका छवटै स्थानीय तहमा शाखा रहेको प्रभु बैंक, चारवटा शाखा रहेको गरिमा विकास बैंक, पश्चिम नेपाल सहकारी, धवलागिरि सहकारी, बेनी बचत तथा तथा ऋण सहकारी, लोकदीप सहकारी संस्थालगायत एक दर्जन सहकारीले चार करोड वढी रेमिट भुक्तानी गरेको जनाएका छन् ।

ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे, प्रभु, कैलाश विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक लगायतका बैंकले पनि रेमिट भुक्तानी गरेका छन् । जिल्लाका बैंक तथा वित्तीय संस्थाबाहेक अघोषित रुपमा हुण्डीबाटसमेत दसँैखर्च भित्रिने भएकाले चाडपर्वमा यो रकमभन्दा निकै धेरै रकम भित्रिएको अनुमान गरिएको छ ।

म्याग्दीमा करिब ६० प्रतिशत भन्दा बढी रकम खाडी मुलुकबाट मात्रै भित्रिने गरेको छ । कतार, साउदी अरब, युएई, दक्षिण कोरिया, जापान, भारत, मलेशियालगायत विभिन्न देशबाट रकम भित्रिने गरेको छ । रेमिट्यान्सबाट आएको रकम अपभोग्य विलासिताका सामान खरिद र बालबालिकाको शिक्षादीक्षामा खर्च हुने गरेकाले पनि उत्पादनमूलक क्षेत्रमा निकै न्यून लगानी हुने गरेको बैंक तथा वित्तीय क्षेत्रका जानकार बताउँछन् ।

जिल्लामा निर्यातभन्दा आयात बढी भएकाले पनि यहाँ वार्षिक करिब रु चार अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको भए पनि विभिन्न माध्यमबाट सो रकम बाहिरिने गरेको छ । म्याग्दीको प्रमुख आयस्रोत नै रेमिट्यान्स रहेको छ । पछिल्लो समय रेमिट्यान्सबाट आएको रकम जिल्लाको विकासमा समेत लागानी गर्न थालिएको छ । म्याग्दीबाट करिब ३० हजार भन्दा धेरै युवा र प्रौढ वैदेशिक रोजगारीमा रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com