सभापतिले बन्द सूचि सच्चाउने संकेत गरेपनि धेरै आश गर्ने ठाउँ छैन् : अजयबाबु शिवाकोटी


प्रकाशित मिति : आश्विन १३, २०७९ बिहीबार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले समानूपातिकको बन्द सूचि सच्चाउने सभापतिले संकेत गरेर पनि धेरै आश गर्ने ठाउँ नरहेको बताएका छन् । कांग्रेसको शेखर कोइराला समूहले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै शिवाकोटीले आधिकारीक निर्णय नभएसम्म अझै पनि आश गर्ने ठाउँ नरहेको बताएका हुन् । उनले भने, ‘सभापतिले सच्चाउने कुराको संकेत गर्नुभएको छ । तर, आधिकारीक निर्णय नभएसम्म अझै पनि धेरै आश गर्ने ठाउँ छैन् ।’

शिवाकोटीले आफूहरु बन्द सूची सच्चाउनुपर्ने भन्दै निरन्तर दबाबमा रहेको बताए । उनले आफूले गरेको खबरदारी पार्टीलाई घाटा पुर्याउने अभियान नरहेको स्पष्ट पारे । पार्टीलाई सही ठाउँमा ल्याउने र सबै नेता–कार्यकर्ताहरुलाई न्याय हुने गरि अगाडी बढ्न खोजिरहेका उनको भनाई छ । उनले भने, ‘हामी निरन्तर दबाबमा छौं । यसको मतलब पार्टीलाई घाटा पुर्याउने हाम्रो अभियान होइन् । पार्टीलाई पनि सही ठाउँमा ल्याउने र पार्टीका सबै साथीहरुलाई न्याय हुने गरि अगाडी बढ्न खोजिरहेका छौं ।’

उनले टिकट वितरणमा अन्याय अनुभुति गरेर देशभरबाट नेता–कार्यकर्ताहरु आन्दोलनमा रहेको बताए । उनले शिवाकोटीले टिकट वितरणको विषयलाई पार्टी सभापतिले समयमै सम्बोधन गर्नेमा र सभापतिको विवेक र न्याय गर्ने क्षमता माथि विश्वास रहेको उल्लेख गरे । ‘अहिले हाम्रो टिकट वितरणमा न्याय भएन भन्ने अनुभुति भएका कारणले अहिले यो खालको साथीहरु देशै भरीबाट असन्तुष्टि छन् । आक्रोशित छन् ।’ उनले भने, ‘त्यसलाई सम्बोधन समयमै पार्टी नेतृत्वले, अभिभावकीय भूमीकामा रहेका हाम्रा सभापतिले गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ र हामीलाई अहिले पनि सभापतिको विवेक माथि, न्याय गर्ने क्षमता माथि विश्वास छ ।’

नेपाली कांग्रेसको शेखर कोइराला पक्षले बिहीबार दसैंको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ । कोइराला पक्षको खबरदारी अभियानले संघर्षकै रुपमा चियापान आयोजना गरेको जनाएको छ । कांग्रेसको कोइराला पक्षले समानुपातिक उम्मेदवार सूची सच्याउन सभापति शेरबहादुर देउवालाई दबाब दिँदै पार्टी भित्रै अन्तरसंघर्ष गरिरहेको छ । यसको स्वरुप बुधबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा धर्ना समेत दिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, बुधबारको धर्नामा सहभागी नभएका कांग्रेस नेता–कार्यकर्ताहरु पनि चियापानमा सहभागि थिए । चियापान कार्यक्रममा शेखर कोइरालासँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगाएतको उपस्थिति थियो । आगामी निर्वाचनको सिट बाँडफाँटमा सम्मानजनक रुपमा टिकट पाउनुपर्ने भन्दै अन्तरसंघर्षमा उत्रिएको कोइराला समूह महाधिवेशन भए देखि नै पार्टीमा न्यायोचित अवसर पाउनुपर्ने भन्दै खबरदारी गर्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com