आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला


प्रकाशित मिति : आश्विन २, २०७९ आईतबार

यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ ।

सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार विभागले एक सूचना जारी गरी यही असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक रुपमा लाइसेन्स लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकले आकस्मिक रुपमा लाइसेन्स निकाल्न सक्ने गरी व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार सेवाग्राहीले आवश्यक कागजात अनलाइनमा नै प्रविष्ट गर्नसक्ने छन् । निवेदकले सवारीचालक अनुमतिपत्र लिन जाँदा निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति लिएर विभागमा पेस गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com