सशस्त्र युद्धमा बाबु आमा गुमाएकी अनिता प्रतिनिधिसभा उम्मेदवार सिफारिस


प्रकाशित मिति : भाद्र २८, २०७९ मंगलबार

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कास्कीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरेको छ । माओवादीले मङ्सिर ४ गतेको निर्वाचनका लागि शहीद परिवारसमेत रहनुभएका पोखरा–५ निवासी अनिता भुर्तेललाई प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ । तत्कालीन नेकपा (माओवादी) कास्कीका जिल्ला सहइञ्चार्ज रहनुभएका अनिताका बुबा राजविक्रम र आमा सीता भुर्तेललाई विसं २०६१ वैशाख ३१ गते पोखरा–२४ पामेबाट नियन्त्रणमा लिएर मारिएको थियो ।

राजविक्रम पार्टीका जिल्ला नेता रहे पनि आमा पार्टी समर्थक र गृहेणी हुनुहुन्थ्यो । सानै उमेरमा सशस्त्र युद्धमा बुबा÷आमा गुमाएपछि अनिताले सङ्घर्ष गर्दै आफू पढ्दै र बहिनीहरु र भाइको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । बाबुआमा शहीद हुँदाको बेला उहाँ प्रवेशिका परीक्षा दिएर बस्नुभएको थियो । त्यसपछि परिवारमा तीन बहिनी र एक भाइको सम्पूर्ण जिम्मेवारी अनिताको काँधमा आयो ।

अनिताम हालै पोखरामा भएको माओवादी केन्द्र निकट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन हुनुभएको छ । पार्टीले उम्मेदवार सिफारिस गरेर पठाएपछि उहाँले खुसी व्यक्त गर्नुभयो । “पार्टीको महत्वपूर्ण जिम्मेवारीमा नरहे पनि पार्टीले मलाई सम्झिएर उम्मेदवार सिफारिस गरेकामा खुसी छु । हेरौँ अन्तिम सिफारिसमा पर्न के गर्छु । त्यसमा परे त ठूलो कुरा भयो नि ।”

माओवादी कास्कीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचिनका लागि प्रत्यक्ष र समानुपातिकमा गरी ४५ जनाको नाम गण्डकी प्रदेश समितिमा सिफारिस गरेको हो । माओवादीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा पार्टीका पोलिटब्युरो सदस्य राजकाजी गुरुङ ‘करण’, यशोदा सुवेदी गुरुङ, तेजकुमारी पौडेल र शिवजी लामिछानेको नाम सिफारिस गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी प्रदेशसभा क्षेत्र नम्बर १(क) मा दीपक कोइराला, विश्वप्रकाश लामिछाने, विमला पहारी, छवि लामिछाने र अमरदीप पराजुलीले नाम सिफारिस गरिएको छ । क्षेत्र नं १ (ख) मा पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, शरदचन्द्र बराल, तोरण गुरुङ र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा वाइसिएलका निर्वतमान संयोजक सुमन देवकोटा र गङ्गा पोखरेलको नाम पार्टीको प्रदेश कमिटीमा सिफारिस गरिएको माओवादीले जनाएको छ ।

यसैगरी प्रदेशसभा २ (क) मा जनकराज पराजुली र भक्तबहादुर खत्री सिफारिस हुनुभएको छ भने क्षेत्र नं २ (ख) मा विनय थापा, हरिनारायण गिरी, रुद्र विश्वकर्मा र रामजी आचार्यको नाम सिफारिस भएको छ । कास्कीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल, प्र्रतिनिधिसभा सांसद दुर्गाकुमारी विक, नवराज भण्डारी र बलराम सुवेदीको नाम सिफारिस भएको छ । प्रदेशसभा ३ (क) बाट आशमान रोका, सिर्जना त्रिपाठी, भोजराज पौडेल, टेकप्रसाद अधिकारी र तीर्थ लुइँटेलको नाम पठाइएको छ ।

यसैगरी ३ (ख) बाट त्रिभुवन पौडेल, अग्नि कँडेल, दुर्गादत्त भण्डारी, हरिप्रसाद भण्डारी र गोविन्द अधिकारीको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ भुर्तेलसहित सोमती गुरुङ, बखानसिंह गुरुङ, राजकुमार दुलाल र जुवेदा खातुन सिफारिस हुनुभयो ।

प्रदेशसभामा समानुपातिकतर्फ शहीद परिवार सन्तबहादुर भुजेल, अलिसा आले, जगमाया सुनार, गोमा ढकाल र विश्वेश्वर आचार्यको नाम पठाइएको माओवादी केन्द्र कास्कीका संयोजक केशव पौडेलले जानकारी दिनुभयो । जिल्लाबाट पठाइएका नामलाई आवश्यक रायसहित प्रदेश समितिले केन्द्रमा सिफारिस गर्नेछ । सत्ता गठबन्धनमा रहेको माओवादीले कास्कीमा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई सिट पाउने गरी छलफल भइरहेको बताइन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com