क्रेडिट कार्डमा साढे ८ लाख डलर घोटाला गरेको अभियोगमा न्युयोर्क निवासी आमाछोरी फन्दामा


प्रकाशित मिति : भाद्र १४, २०७९ मंगलबार

क्रेडिट कार्डमा साढे ८ लाख डलर घोटाला गरेको अभियोगमा न्युयोर्क निवासी आमाछोरी फन्दामा परेका छन् । लङ आइल्याण्ड निवासी आमा र छोरीलाई एक दशकभन्दा लामोसमय क्रेडिट कार्ड जालसाजी गरेको अभियोग लगाइएको छ ।

उनीहरूले डिजाइनर सामान खरिद गर्न र विलासी छुट्टि मनाउनका लागि बैंकहरूलाई लाखौं डलर ठगी गरेको आरोप लगाइएको छ । ६१ वर्षीय करण गेइस्ट र उनकी छोरी ३३ वर्षीया एलिसा गेइस्टलाई म्यानहट्टन सुप्रिम कोर्टमा हाजिर गराइएको थियो ।

उनीहरूविरुद्ध लगाइएको ठगीलगायतका आरोपहरूमा उनीहरुले दोषी नभएको दावी गरेका छन् । १३ बर्षमा क्रेडिट कार्डका हजारौं ट्रान्जेक्सनहरु समावेश रहेको सहायक जिल्ला न्यायधिवक्ता क्याथरिन म्याककाले सुनुवाइको क्रममा बताए ।

उनीहरुले सन् २००९ देखि २०२१ सम्म १४ विभिन्न क्रेडिट कार्ड कम्पनीहरूबाट साढे ८ लाख डलर घोटाला गरेको अभियोग छ । उनीहरुले क्रेडिटकार्डबाट विभिन्न सामानहरु किन्ने र पछि उक्त सामान आफूले नकिनेको भन्दै डिस्प्युट फाइल गर्ने गर्दै आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै उनीहरुले पेरिस, मिलान, नर्वे, कोस्टारिका, हवाई र अन्य धेरै ठाउँहरूका लागि टिकट बुक गर्दै पछि डिस्प्युट फाइल गरेर रकम लिने गरेका थिए । उनीहरुले सामान किनेपछि आफ्नो कार्ड चोरी भएको र अरु कसैले सामान किनेको गलत रिपोर्ट गरेर २ लाख ५ हजार डलर अमेरिकन एक्सप्रेस र १ लाख ५५ हजार डलर चेस बैंकबाट पाएका थिए ।

उनले आफ्नो नाममा टिकट बुक गर्ने, परिवारका सदस्यहरुका नाममा कारहरु बुक गर्ने, आफ्नो नाममा होटल बुक गर्ने, घडी, गहना लगायतका महँगा सामान किन्ने र पछि आफ्नो कार्ड अरुले कसैले प्रयोग गरेको भन्दै डिस्प्युट फाइल गरेर रकम लिने गरेको अभियोग लगाइएको छ । डलर स्टोरमा सामान किनेको र कुकुरको अस्पतालमा रकम तिरेको समेत डिस्प्युट फाइल गरेर रकम लिएको अभियोग छ ।

बार्कलेज बैंकले उनीहरुले एउटा स्टोरमा सामान किनेको भिडियो फुटेज प्राप्त गरेका थिए । जसमा पछि उनीहरुले आफ्नो कार्ड अरु कसैले प्रयोग गरेको भन्दै रिपोर्ट गरेका थिए ।

प्रहरीले उनीहरुको घरमा छापा मार्दा १०० भन्दा बढी क्रेडिट कार्डहरू फेला पारेको थियो । आफैले सामान किनेर पछि अरुले किनेको भन्दै जालसाजीको रूपमा रिपोर्ट गरिएका रसिदहरू पनि भेटाएको थियो ।

शुक्रबार सुनुवाइपछि उनीहरुलाई पर्यवेक्षणमा रिहा गरिएको छ भने उनीहरूको राहदानी जफत गर्न आदेश दिइएको छ । आमा र छोरी लाई अर्कोपटक सेप्टेम्बर १४ मा अदालतमा पेश गरिदैछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com