ओरेगनमा ग्रोसरी स्टोरमा गोली चल्दा हतियार खोस्ने कर्मचारी र बन्दुकधारीसहित ३ को मृत्यु


प्रकाशित मिति : भाद्र १३, २०७९ सोमबार

अमेरिकाको मध्य ओरेगनको एक ग्रोसरी स्टोरमा आइतबार राति भएको आक्रमणमा संदिग्ध बन्दुकधारीसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बेलुका ७ बजेपछि फोरम सपिङ सेन्टरको सेफवेमा गोली चलेपछि प्रहरीलाई खबर गरिएको थियो ।

बन्दुकधारीले पसल भित्र पस्नु अघि एआर १५ शैलीको राइफलबाट आक्रमण सुरु गरेको प्रहरीले जनाएको छ । ८४ बर्षका एक ग्राहक ग्लेन एडवर्ड बेनेटलाई प्रवेशद्वार भित्र गोली हानिएको थियो ।

घाइतेलाई अस्पताल लगिएपनि त्यहाँ बचाउन सकिएको थिएन । अस्पतालमा उनलाई मृत घोषणा गरिएको थियो । हतियार खोस्ने प्रयास गरेका ६६ बर्षका कर्मचारी डोनाल्ड रे सुरेट जूनियरको पनि मृत्यु भएको छ । घटनामा अरु २ जना घाइते भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले सोमबार गोली चलाउने व्यक्तिको पहिचान सार्वजनिक गरेको छ । बन्दुकधारी नजिकैको अपार्टमेन्ट कम्प्लेक्समा बस्ने २० वर्षीय इथान ब्लेयर मिलर रहेको जनाइएको छ ।

बन्दुकधारीले आफैलाई गोली हानेको र मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शरीरको छेउमा एआर १५ शैलीको राइफल र शटगन भेटिएको थियो । प्रहरीले बन्दुकधारीको गाडीबाट थप हतियार बरामद गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com