चीनमा आर्थिक मन्दीले बेरोजगारको संख्या बढ्यो


प्रकाशित मिति : भाद्र १२, २०७९ आईतबार

चिनियाँ अर्थतन्त्रमा आएको मन्दीका कारण लाखौं युवाहरूले आफ्नो भविष्य अन्धकारमा देखेका छन्। चीनको आधिकारिक तथ्याङ्कले जुलाईमा ५ मध्ये १ जनाले आफ्नो जागिर गुमाएका छन् । जनवरी २०१८ पछि यति ठूलो संख्यामा मानिस बेरोजगार भएको यो पहिलो पटक हो । चीनको रोजगार बजारमा करिब एक करोड दश लाख  स्नातक युवाहरू आफ्नो लागि रोजगारी खोजिरहेका छन्। अर्कोतर्फ चीनको आर्थिक अवस्था हेर्दा त्यसको गति १ प्रतिशत पनि छैन । चीनले चालू वर्षको दोस्रो त्रैमासिकमा मात्र ०.४ प्रतिशतको दरले आर्थिक वृद्धि देखाएको छ । यो दर पछिल्लो दुई वर्षयताकै न्यून हो ।

अनुभवी व्यक्तिहरूले पनि प्रवेश-स्तरको कामको लागि मुस्किल परेको २२ वर्षीय झाओको भनाई छ । झाओ ती लाखौं व्यक्तिहरू मध्ये एक हुन् जसले स्नातक गरेपछि एक दर्जनभन्दा बढी कम्पनीहरूमा आफ्नो बायोडाटा पठाएकी छन्। उनले केही कम्पनीमा अन्तर्वार्ता पनि दिईन् तर त्यहाँ अनुभव नहुँदा काम पाईनन् । हाल, झाओले ट्युसन पढाएर जीविकोपार्जन गरिरहेकी छिन्, तर उनी पूर्ण समय कामको लागि पनि हरेक दिन धकेल्दै छिन्। यद्यपि, झाओले प्राविधिक र शिक्षा क्षेत्रमा युवा रगतको सम्भावना रहेको पनि विश्वास गर्छन्। यी कम्पनीहरूले नयाँ व्यक्तिहरू खोजिरहेका छन्। झन्डै तीन महिनादेखि झाओले आफ्नो लागि जागिर खोजिरहेकी छन्।

एक अनुसन्धान समूहका अर्थशास्त्री झुआङ बो भन्छन्- ‘सरकारी तथ्यांकले देशमा आर्थिक मन्दी र बढ्दो बेरोजगारी दरसँग कोरोना महामारीको धेरै सम्बन्ध रहेको कुराको स्पष्ट प्रमाण हो ।’ तर, बेरोजगारमा कति युवा छन् भन्ने सरकारी तथ्याङ्कमा स्पष्ट गरिएको छैन । यसका बाबजुद पनि बेरोजगारको संख्या युवा मात्रै रहेको मानिन्छ । केही वर्षयता मुलुकमा बेरोजगारी दोब्बर भएको सरकारी तथ्याङ्कले देखाएको छ । उनका अनुसार देशमा नीलो कलरका लागि रोजगारीको ठूलो अभाव छ । यीमध्ये अधिकांश उत्पादन र निर्माण क्षेत्रलाई मारमा परेका छन्।

जोन्स हप्किन्स युनिभर्सिटीका विज्ञ हु फङ हङले पनि चीनको तथ्याङ्कको वास्तविकता विश्वसामु त्योभन्दा निकै नराम्रो भएको बताउँछन् । छिट्टै स्थितिमा सुधार नभए मुलुकमा सामाजिक विकृतिको समस्या बढ्ने उनको भनाई छ । त्यसको झल्को चीनका विभिन्न ठाउँमा आयोजना हुने रोजगार मेलामा पनि देखिएको विज्ञहरूले औंल्याएका छन् । यहाँ लामो लाइन र उभिने युवा आफ्नो पालो पर्खिरहेका देखिन्छन् । यी मध्ये एक लाइनमा, विज्ञान स्नातक लु वेनले चीनको सिलिकन भ्यालीको शेन्जेनमा काम गर्ने सपना देख्छन्। तर चार महिनाभन्दा बढी समय बितिसक्दा पनि उनको हात खाली छ । अहिले उनी कम तलबमा जहाँ पनि काम गर्न तयार छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com