युद्धबीच युक्रेनले मनायो स्वतन्त्रता दिवस, ठूलो समूहमा भेला नहुन राष्ट्रपतिको आग्रह (फोटोहरु)


प्रकाशित मिति : भाद्र ८, २०७९ बुधबार

युक्रेनले बुधबार आफ्नो ३१ औं स्वतन्त्रता दिवस मनाएको छ । सन् १९९१ मा युक्रेन सोभियत संघबाट स्वतन्त्र भएको घोषणा गरेको सम्झनामा अगष्ट २४ लाई युक्रेनले स्वतन्त्रता दिवसका रूपमा मनाउने गरेको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वतन्त्रता दिवस मनाउँदै गर्दा र युद्धको छ महिनाको बिन्दुलाई मनाउँदै गर्दा रूसबाट थप आक्रमण हुनसक्ने भन्दै नागरिकहरूलाई घरबाहिर ठूलो सङ्ख्यामा ननिस्कन आग्रह गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा विशेष गरी रुसी क्षेप्यास्त्र आक्रमण गर्न सक्ने डरले कीभका अधिकारीहरूले बिहीबारसम्म राजधानीमा ठूलो जमघटमा प्रतिबन्ध लगाएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसै सन्दर्भमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले एक विज्ञप्ति जारी गर्दै नागरिकहरूलाई भन्नुभएको छ, “रूसी उक्साहट र निर्मम आक्रमणको सम्भावना छ । कृपया सुरक्षा नियमहरू कडाईका साथ पालन गर्नुहोस् । कृपया कर्फ्यूको पालन गर्नुहोला । एयर साइरनमा ध्यान दिनुहोला । आधिकारिक घोषणाहरूमा ध्यान दिनुहाला । हामी सबैले मिलेर विजय हासिल गर्नुपर्छ ।”

आफ्नो पूरा नाम उल्लेख नगर्ने शर्तमा तेत्याना नामकी सेवानिवृत्त एक महिलाले भन्नुभयो, “युक्रेनमा के भइरहेको छ भनेर मैले जे देख्छु र सुन्छु, त्यसैले म रातमा निदाउन सक्दिनँ । यो युद्ध होइन । यो युक्रेनी जनताको विनाश हो ।”

गत वर्ष युक्रेनी स्वतन्त्रताको ३० औं वर्षगाँठको उपलक्ष्यमा आयोजित सैन्य परेड हेर्न कीभमा भीड जम्मा भएको थियो । यस वर्ष, राजधानीको मध्यभागस्थित एक चोकमा थोरै संख्यामा मात्र बासिन्दाहरू भेला भएर स्वतन्त्रता दिवस मनाए, जहाँ नष्ट भएका रूसी ट्याङ्करहरू र तोपखानाहरू सप्ताहन्तमा प्रदर्शनमा राखिएको छ । उक्त स्थानमा प्रत्येक दिन बिहान ७ बजे राष्ट्रिय गान बजाइन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com