अमेरिकी हाउस स्पीकर न्यान्सी पेलोसीका पति पललाई ५ दिनको जेल सजाय, ३ बर्षको निरीक्षण


प्रकाशित मिति : भाद्र ७, २०७९ मंगलबार

अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीका पतिलाई मादक पदार्थ सेवन गरेर गाडी चलाएर दुर्घटना गराएको अभियोगमा ५ दिनको जेल सजाय तोकिएको छ । उनलाई ३ बर्षका लागि निरीक्षणमा राखिने भएको छ । क्यालिफोर्नियामा गत मेमा भएको दुर्घटनासँग सम्बन्धित आरोप पलले मंगलबार स्वीकार गरेका छन् ।

पल पेलोसीले पहिले नै दुई दिन जेलमा विताइसकेका छन् भने अन्य दुई दिनको लागि आचरण क्रेडिट पाएको नापा काउन्टी सुपीरियर कोर्टका न्यायाधीश जोसेफ सोल्गाले बताएका छन् । पल पेलोसीले एक बाँकी दिनको सट्टामा अदालतमा आठ घण्टा काम गर्ने भएका छन् ।

राज्यको कानूनले मादक पदार्थ सेवन गरेर गाडी चलाएको अपराध गरेका प्रतिवादीहरूलाई उनीहरूको वकील मार्फत उपस्थित हुन अनुमति दिन्छ । आफ्नो प्रोबेशनको एक भागको रूपमा पल पेलोसीले तीन महिनाको ड्राइभर क्लासमा उपस्थित हुनु पर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै उनले गाडीमा इग्निशन इन्टरलक यन्त्र जडान गर्नुपर्नेछ । जहाँ उनले गाडीको इन्जिन सुरु हुनु अघि मादक पदार्थ सेवन गरे नगरेको चेक गर्न सासको नमूना प्रदान गर्नुपर्नेछ । उनले करिब ७ हजार डलर जरिवाना पनि तिर्नुपर्नेछ ।

सान फ्रान्सिस्कोको उत्तरमा नापा काउन्टीमा मे २८ मा भएको दुर्घटनापछि पल पेलोसीलाई पक्राउ गरिएको थियो । उनको मादक पदार्थ परीक्षण गर्दा रगतमा अल्कोहलको मात्रा शुन्य दशमलव ०८२ प्रतिशत रहेको देखाएको थियो, जुन कानुनी सीमाभन्दा माथि हो ।

राति १० बजेपछि दुर्घटना स्थल पुगेका अधिकारीहरूले युन्टभिलको वाइन कन्ट्री टाउन नजिकै पेलोसीलाई २०२१ पोर्शे क्यारेराको ड्राइभरको सिटमा र अर्को ड्राइभरलाई स्पोर्टस युटिलिटी सवारीसाधन बाहिर उभिरहेको भेटाएका थिए ।

क्यालिफोर्निया राजमार्ग गस्ती अधिकारीहरूका अनुशार पेलोसीका खुट्टा लडखडाइरहेका थिए भने उनको बोली अस्पष्ट थियो । साथै उनीबाट रक्सीको कडा गन्ध आइरहेको थियो । दुर्घटनामा अर्को गाडीका ४८ बर्षका चालक घाइते भएका थिए ।

पक्राउपछि पेलोसीलाई ५ हजार डलर जमानतमा रिहा गरिएको थियो । न्यान्सी पेलोसी त्यो बेला ब्राउन युनिभर्सिटीमा सम्बोधन गर्न रोड आइल्याण्डमा थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com