ट्रम्पले ह्याइटहाउसबाट लुकाएर लगेका ३ सयभन्दा बढी गोप्य कागजातहरू सरकारलाई प्राप्त


प्रकाशित मिति : भाद्र ७, २०७९ मंगलबार

सरकारले अहिलेसम्म ट्रम्पले आफ्नो रिसोर्टमा राखेका ३ सयभन्दा भन्दा बढी गोप्य सरकारी कागजातहरू प्राप्त गरेको छ । कागजातहरूको पहिलो चरणमा जनवरीमा फिर्ता पाएको थियो भने अर्को सेट ट्रम्पका सहयोगीहरूले जुनमा जस्टिस डिपार्टमेन्टलाई उपलब्ध गराएका थिए । बाँकी कागजात एफबीआईएसले यसै महिना छापा मारेर निकालेको हो ।

जनवरीमा राष्ट्रिय अभिलेखहरूले पुनःप्राप्त गरेका कागजातहरूमा १५० भन्दा बढी कागजात गोप्य कागजातहरु थिए । जसका कारण एफबीआई एजेन्टहरूले यसै महिना ट्रम्पको मार ए लागो रिसोर्टमा थप कागजातका लागि छापा मार्ने अवस्था आएको थियो ।

ट्रम्पले ह्वाइटहाउस छाड्दा सरकारलाई बुझाउनुपर्ने गोप्य र अत्यधिक संवेदनशील कागजातहरू आफूसँगै रिसोर्टमा लगेर महिनौं राखेका थिए । सबै सामग्री फिर्ता गर्न अनुरोध गरे पनि उनले गरेका थिएनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले ह्वाइट हाउसबाट लिएका संवेदनशील कागजातको प्रकृति कस्तो थियो भन्नेबारे प्रष्ट छैन । तर ट्रम्पले कार्यालय छोडेको झण्डै एक वर्षपछि जनवरीमा फिर्ता पठाइएका १५ बाकस कागजातमा सीआईए, राष्ट्रिय सुरक्षा निकाय र एफबीआईका कागजातहरू समावेश थिए।

बाकसमा भएका केही सामग्री अत्यधिक संवेदनशील भएकाले अभिलेख अधिकारीहरूले यो विषयलाई डिपार्टमेन्ट अफ जस्टिसमा पठाएका थिए । जसले केही महिनामा नै ठूलो जूरी अनुसन्धान बोलाएको थियो।

ट्रम्पका सहयोगीहरूले जूनको सुरुमा डिपार्टमेन्ट अफ जस्टिसका अधिकारीहरूले मार ए लागोको भ्रमण गर्दा केही दर्जन थप संवेदनशील कागजातहरू बुझाएका थिए । एफबीआईएका अधिकारीहरूले यसै महिना छापा मार्दा २६ वटा बाकसहरू भेटाएका थिए । जसमा गोप्य चिन्ह लगाइएको सामग्रीहरु ११ सेट थिए । जसमा एक सेट कागजात अती गोप्य र संवेदनशील थिए ।

डिपार्टमेन्ट अफ जस्टिसको अनुसन्धान जारी रहेको छ । किनभने ट्रम्पले ह्वाइट हाउसबाट आफूसँग लिएका सबै रेकर्डहरू बरामद भए नभएको अझै स्पष्ट छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com