अक्टोबर ३१ देखि अमेरिकाका विजनेश पेपल एकाउन्टमा विदेशबाट व्यक्तिगत ट्रान्सजेक्सन रोक


प्रकाशित मिति : भाद्र ६, २०७९ सोमबार

अक्टोबर ३१ देखि अमेरिकाको विजनेश पेपल एकाउन्टमा अमेरिकाबाहिरबाट व्यक्तिगत ट्रान्सजेक्सनमार्फत रकम नआउने भएको छ । पेपलले आफ्नो शर्तमा संसोधन गर्दै अमेरिकाबाहिरका  पेपल एकाउन्टबाट अमेरिकामा रहेका विजनेश पेपल एकाउन्टमा व्यक्तिगत  ट्रान्सजेक्सनमार्फत रकम प्राप्त गर्नमा रोक लगाउने भएको छ ।

त्यस्तै अमेरिकामा रहेका निजी पेपल एकाउन्टबाट अमेरिकाबाहिर रहेका विजनेश पेपल एकाउन्टमा व्यक्तिगत  ट्रान्सजेक्सनमार्फत रकम पठाउनमा समेत रोक लगाइने भएको छ । अक्टोबर ३१ देखि नै लागु हुनेगरी अमेरिकामा रहेका  पेपल एकाउन्टबाट अमेरिकाबाहिरका विजनेश एकाउन्टमा  व्यक्तिगत  ट्रान्सजेक्सनमार्फत रकम पठाउन सकिनेछैन ।

पेपलले सेप्टेम्बर १९ देखि लागु हुनेगरी केही नीति र शर्तहरुमा परिवर्तन गरेको हो । नयाँ नीतिले शुल्क छल्नेहरुलाई थप कारवाही गरेको देखिन्छ । नीतिहरू उल्लङ्घन गर्ने वेबसाइटहरू पहिचान गर्ने नयाँ तरिका समेत पेपपले समावेश गरेको छ । त्यस्तै निश्चित फण्डरेजहरुमा शुल्क समेत बढाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पेपलले गत महिनादेखि अमेरिकामा साथीहरुलाई रकम पठाउँदाको शुल्क छिद्र बन्द गरेको थियो । अब अन्तर्राष्ट्रिय लेनदेनको लागि पेपलले नियम कडा बनाएको छ । पनि यस्तै काम गरिरहेको छ। साथी वा परिवारका लागि रकम पठाएको शीर्षकमा व्यक्तिगत लेनदेन हुने भएतापनि कतिपय बिक्रेताहरूले शुल्क तिर्नबाट जोगिन क्रेताहरुलाई यही विधि प्रयोग गरेर रकम पठाउन प्रोत्साहन गरेको भन्दै पेपलले नयाँ नियम ल्याएको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com