दासप्रथा ‘अमेरिकाको मौलिक पाप’ भएको राष्ट्रपति बाइडेनको भनाइ


प्रकाशित मिति : भाद्र ५, २०७९ आईतबार

दासप्रथा ‘अमेरिकाको मौलिक पाप’ भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताउनुभएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभएको छ, “४०० वर्षभन्दा अघि, २० जना दास बनाइएका अफ्रिकीहरूलाई जबर्जस्ती संयुक्त राज्य अमेरिकाको एउटा किनारामा ल्याइएको थियो ।”

“त्यसपछिका शताब्दिहरूमा लाखौं मानिसहरू चोरी भए र बेचिए, जुन दासत्वको प्रणालीको एक भाग हो जुन अमेरिकाको मौलिक पाप हो ।”

ह्वाइट हाउसले संयुक्त राज्य अमेरिकामा अगस्ट २० लाई दासत्व स्मरण दिवसको रूपमा मनाउने प्रयासलाई मान्यता दिन एक विज्ञप्ति जारी गरेको छ ।

अमेरिकी सिनेटर एलिजाबेथ वारेन र सांसद अल ग्रीनले गत वर्ष दासत्व स्मरण दिवस मनाउन संयुक्त प्रस्ताव पेश गरेका थिए । १७ औं र १८ औं शताब्दीको दौडान, लाखौं मानिसहरूलाई अफ्रिकाबाट अपहरण गरियो र अमेरिकी उपनिवेशहरूमा तम्बाकू र कपास जस्ता नगदे बालीहरू उत्पादन गर्न बाध्य पारियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उन्नाइसौं शताब्दीको मध्यसम्ममा, संयुक्त राज्य अमेरिकामा पश्चिमतिरको विस्तार र उन्मूलन आन्दोलनको एक उल्झनले दासत्वको बारेमा भयङ्कर बहसहरू उक्सायो जसले रक्तपातपूर्ण गृहयुद्धमा राष्ट्रलाई विभाजित ग-यो ।

यद्यपि युनियनको विजयले अमेरिकाभरका लाखौं दासहरूलाई मुक्त गरेको छ, दासत्वको नकारात्मक विरासत अझैपनि अस्तित्वमा रहेको छ । यो जातिवाद र भेदभावको रूपमा पनि समावेश रहेको र आज पनि गम्भीर समस्याका रूपमा रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com