टर्कीमा सडक दुर्घटनामा परी दुई पत्रकारसहित ३५ जनाको मृत्यु


प्रकाशित मिति : भाद्र ५, २०७९ आईतबार

टर्कीमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । पहिलो दुर्घटना गाजियांटेप र निजिप बीचको राजमार्गमा भएको थियो, जहाँ एक यात्रु बस र आपतकालीन टोली बोकेको गाडी ठोक्कियो। आपतकालीन टोली मार्डिन प्रान्तको डेरिकमा जाँदै थियो। गृहमन्त्री सुलेमान सोयुलुले घटनामा तीन अग्निनियन्त्रक, दुई चिकित्सक र दुई पत्रकारसहित १५ जनाको मृत्यु भएको बताए ।

सोयुलुले मारिएकामध्ये आठ जना बसमा रहेको बताए । दुर्घटनामा संलग्नलाई सहयोग गर्न गएका आफ्ना दुई पत्रकारको पनि दुर्घटनामा मृत्यु भएको इल्हास समाचार एजेन्सीले जनाएको छ । टेलिभिजन फुटेजमा दुर्घटनापछि एम्बुलेन्सको पछाडिको भाग गम्भीर रूपमा क्षति भएको र बस राजमार्गको छेउमा मोडिएको देखाइएको छ। गाजियन्टेपका गभर्नर दावुत गुलले घटनामा २२ जना घाइते भएको बताएका छन्।

अर्को घटना डेरिकमा भएको छ । ट्रकको ब्रेक फेल भएपछि दुईवटा सवारी साधनलाई ठक्कर दिएको छ । यसैबीच घटनास्थलमा पुगेको आकस्मिक टोली र उपस्थित भीडलाई अर्को ट्रकले ठक्कर दिएको थियो । सोयुलुले डेरिकमा भएको दुर्घटनामा २० जनाको मृत्यु भएको र २६ जना घाइते भएको बताए । घटनामा संलग्न दुई चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com