पाकिस्तानको उत्तरी वजिरिस्तानमा तालिवानको नजर !


प्रकाशित मिति : भाद्र ४, २०७९ शनिबार

अफगानिस्तानसँग जोडिएको पाकिस्तानको क्षेत्रमा तालिबानलाई लिएर जनतामा आक्रोश बढ्दै गएको छ । तालिबानविरुद्ध जनता सडकमा उत्रिएका छन् । समाचार एजेन्सी आईएएनएसका अनुसार शुक्रबार पनि मानिसहरूले विरोध प्रदर्शन गरदै सरकारलाई तालिबान विरुद्ध कडा कारबाही गर्न माग गरे। जबकि तालिबान प्रवक्ताले भनेका छन्, ‘प्रदर्शनहरू पश्चिमको पैसामा भइरहेको छ।’

प्रदर्शनकारीहरूले अफगानिस्तानमा सत्तामा रहेका तालिबानले पाकिस्तानको उत्तरी वजिरिस्तान क्षेत्र कब्जा गर्न खोजिरहेको बताएका छन्। स्थानीय प्रहरीका अनुसार प्रदर्शनकारीहरूले उत्तरी वजिरिस्तानलाई देशको बाँकी भागसँग जोड्ने मुख्य सडक अवरुद्ध गरेका छन्। तालिवानविरुद्ध घर–घरमा कालो झण्डा पनि फहराइएको छ । उत्तरी वजिरिस्तानसँग जोडिएको स्वात क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ । पाकिस्तानको सीमा क्षेत्र उत्तरी वजिरिस्तानलाई तालिवानको गढ मानिन्थ्यो । यहाँ फेरि आतंकवादी गतिविधि बढेको छ ।

अन्तर्राष्ट्रिय समुदायले हामीलाई मान्यता दिनुपर्छ : तालिबान
यो वर्ष १५ अगस्टमा तालिबान शासनको एक वर्ष पूरा भएको छ । तालिबान शासनको वार्षिकोत्सवको अवसरमा कार्यवाहक परराष्ट्रमन्त्री अमिर खान मुत्ताकीले तालिबान सरकारलाई मान्यता दिन र तालिबानलाई सहयोग गर्न विश्व नेता र अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। “यो अवसरलाई सदुपयोग गर्न हामी सबै मिलेर काम गर्नुपर्छ र अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तान र नयाँ सरकारलाई सहयोग गर्नुपर्छ,“ उनले सोमबार खामा प्रेसद्वारा जारी विज्ञप्तिमा भने।

मुत्ताकीले दोहा सम्झौतामा जोड दिँदै कतारमा भएको शान्ति वार्ताका क्रममा अफगानिस्तानले संयुक्त राज्य अमेरिकालगायत कुनै पनि मुलुकलाई खतरा नरहेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि तालिवानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले बिहीबार आफू शरिया कानून अन्तर्गत अन्तर्राष्ट्रिय समुदायमा सामेल हुन तयार रहेको बताएका थिए। यस कदमलाई लिएर कान्दाहारमा इस्लामिक धर्मगुरुहरू, सामाजिक कार्यकर्ताहरू, तालिबान अधिकारीहरू र अफगान सरकारका पूर्व अधिकारीहरू सहित करिब २,५०० व्यक्तिहरूको उच्चस्तरीय बैठक बोलाइएको थियो।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com